यदुकाहामा १६ वर्षीया बालिका अपहरण, इरफान मन्सुरीविरुद्ध उजुरी, प्रहरी र हिन्दु सम्राट सेना सक्रिय : JCNEPAL MEDIA

मंशिर ०२,२०८२ / जेसी नेपाल संवाददाता

धनुषा :शहीदनगर नगरपालिका–३ यदुकाहाकी १६ वर्षीया पिंकी कुमारी मण्डलको अपहरण आरोपमा सोही स्थानका २० वर्षीय इरफान मन्सुरीविरुद्ध इलाका प्रहरी कार्यालय यदुकाहामा उजुरी दर्ता गरिएको छ।

परिवारले २०८२ कार्तिक ३० गते अपहरण तथा शरीर बन्धकसम्बन्धी उजुरी दिएको हो। पीडितका काका रामेश्वर मण्डलका अनुसार बालिकाको अपहरण योजनाबद्ध रूपमा गरिएकाे स्पष्ट देखिने बताए। उनका अनुसार, “बाहिरी जिल्लातिर लगेर बेचबिखन गरिएको हुनसक्छ”, परिवार अहिले अत्यन्तै त्रसित अवस्थामा छ। घटना सार्वजनिक भएपछि परिवारले हिन्दू सम्राट सेना नेपालमा पनि निवेदन दिएको थियो।

संगठनका प्रतिनिधिहरू बिहानैदेखि आरोपित इरफान आलमको घरमा पुगेर खोजतलासीसमेत गरेका थिए। तर खोजतलासीका क्रममा बालिका फेला परिनन्। संगठनका केन्द्रीय अध्यक्ष राजेश यादवले आरोपितको परिवारकै मिलेमतोमा बालिकालाई अन्यत्र सारिएको दाबी गर्दै घटनालाई अत्यन्त संवेदनशील बताउँदै भने, “जबसम्म बालिका सुरक्षित रूपमा फर्किँदिनन्, हाम्रो खोजी अभियान जारी रहनेछ।” यता, उजुरी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय यदुकाहाले घटनालाई गम्भीरतापूर्वक लिएर खोजी प्रक्रिया तीव्र पारेको जनाएको छ।

प्रहरी इन्सपेक्टर रामचन्द्र घिमिरेले आरोपित तथा उनका परिवारका सदस्यलाई अनुसन्धानका लागि उपस्थित गराउन पहल भइरहेको बताउँदै घटनालाई कुनै धार्मिक कोणबाट नहेर्न आग्रह गरे। उनका अनुसार, “घटनाको सत्यतथ्य पहिचानका लागि प्रहरी पूर्ण रूपमा सक्रिय छ, छिट्टै सकारात्मक परिणाम आउनेछ।” पीडित पिंकी कुमारी मण्डल गाउँकै एक सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन्।

प्रकाशित : मंशिर ०२,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

कपिलेश्वरकी दास मृत्यु प्रकरणमा नयाँ खुलासा ,४ महिना अगाडी गरिएको थियो चक्कु प्रहार : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA