सिद्धार्थ बैंक, जनकपुर शाखाका प्रबन्धक प्रहरी नियन्त्रणमा -JCNEPAL MEDIA

पुस १२,२०८१/ जेसी नेपाल संवाददाता

धनुषा : जनकपुरधामको मिल्स एरियास्थित सिद्धार्थ बैंकमा जग्गा निलामीको विषयमा विवाद हुँदा प्रहरीले सो शाखाका प्रबन्धक र लोन अधिकृतलाई नियन्त्रणमा लिएको छ ।

एक जना जनकपुरधामका व्यापारीले उक्त बैंकबाट लिएको ऋण चुक्ता गर्न जाँदा बैंकले ऋणीको जग्गा निलाम गरेको थाहा पाएपछि बिहिबार विहानैदेखि बैंक क्षेत्रमा स्थानीय व्यापारीहरुले विरोध गरेका छन् । विरोध प्रदर्शनमा उतरिएपछि प्रहरीले बैंकको प्रबन्धक अर्ण बलम्पाकी र लोन अधिकृतलाई नियन्त्रणमा लिएक छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक बरुणबहादुर क्षेत्रीले जग्गा निलामीको विषयमा मिल्सएरियामा रहेको सिद्धार्थ बैंकको शाखामा जग्गा निलामीको विषयमा व्यापारी तथा स्थानीय प्रदर्शन गरिरहेको खबर पाएर उनीहरुलाई सुरक्षित राख्नकालागि नियन्त्रणमा लिएको जानकारी दिए । जनकपुरधामको भ्रमरपुरा चोकमा रहेको लक्ष्मी ट्रेडर्स संचाल गर्दै आईरहेका दिनेश राय कुर्मीले सिद्धार्थ बैंकको मिल्स एरिया शाखाबाट ३५ लाख रुपैयाँको विजनेश लोन र भाउजुको नाममा महेन्द्रनगरस्थित सिद्धार्थ बैंकको शाखाबाट ४५ लाखको व्यक्तिगत लोन लिएका थिए ।

दूबै लोनको ब्याज आफूले समय समयमा बुझाउँदै आएको तर बीचमा केही महिना परिवारका एक जना सदस्यलाई प्यारालाईसीस भएर चेकजाँच गराउन बाहिर गएको समय बैंकले आफ्नो जग्गा बेचेको ऋणी रायले आरोप लगाएका छन् । उनले करोडौंको मूल्यको आफ्नो जग्गा बैंकले बिना जानकारी बेचेको थाहा पाएपछि जनकपुरधाम उद्योग वाणिज्यसंघमा निवेदन दिएर सहयोगका लागि आग्रह गरेका थिए ।

त्यसपछि उद्योग वाणिज्य संघ जनकपुरधामका अध्यक्ष, स्थानीय व्यापारीहरु बैंकमा गएर बुझ्दा बैंकले २४ घण्टा भित्र एक मुस्ट रकम जम्मा गरे जग्गा फिर्ता दिने प्रतिबद्धता गरेको उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए । पछि बैंकले आनाकानी गर्न थालेको र मालपोतमा गएर बुझ्दा त्यो जग्गा अर्काको नाममा पास भईसकेको जानकारी पाएको अध्यक्ष भण्डारीले जानकारी दिए । अध्यक्ष भण्डारीले वडाअध्य संग समन्वय गर्न खोज्दा वडाअध्यक्षले आफूलाई यसबारे कुनै जानकारी नभएको बताए । अध्यक्ष भण्डारीले मालपोत, सिद्धार्थ बैंकको मिलेमतोमा यस किसिमको कार्य भएको आरोप लगाए ।

अध्यक्ष भण्डारीले यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय पुग्दा एसपीले सन्तोषजनक प्रतिकृया नदिएकोले प्रहरीकोसमेत मिलेमत्तो हुन सक्ने बताए ।

प्रकाशित : पुस १२,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

कपिलेश्वरकी दास मृत्यु प्रकरणमा नयाँ खुलासा ,४ महिना अगाडी गरिएको थियो चक्कु प्रहार : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA