तामाकोशी गाउँपालिकाले माग्यो ५० रोपनी जग्गा, नयाँ संरचना सहित निर्माण होला त पालिका भवन ?

दिपक बस्नेत
जेष्ठ २०, तामाकोशी ।
तामाकोशी गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको पहिलो बैठक बसि विभिन्न लोकप्रिय निर्णयहरु गरेको छ ।
यसअघि तामाकोशी गाउँपालिकामा दुई तिहाई बहुमत पुग्न नसक्दा पालिकाको केन्द्र टुंगो लाग्न सकेको थिएन । जफे जामुनेमा कुनै पनि संरचना नभएका कारण पालिकाको स्थायी केन्द्रका लागि मानेडाँडा, जामुने जफे, छौंडे, गोल्माकोथान र मानेडाँडा मालु गैरागाउँमा राख्ने गरी चार स्थानको प्रस्ताव आएको थियो । भर्खरै सम्पन्न भएको स्थानिय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको अगामनसँगै पहिलो बैठकले नै पालिकाको स्थायी केन्द्र निधारण गरि नयाँ संरचना निर्माण लागि जग्गा दाताको आवान गर्ने निर्णय गरेको छ ।
नवनिर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले तामाकोशी गाउँपालिका वडा नम्बर तीन जफेको चनौटे देखि मालु सहरे सिमाना भित्र हावाँसम्म पुग्ने मुख्य सडक आसपासमा ५० रोपनी तथा सो भन्दा बढी जग्गा हुनु पर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्रले बताउँनु भयो । उहाँका अनुसार गाउँपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधिहरुको प्रत्यक्ष सहभागितामा पालिकाको उपयुक्त जग्गामा नमुना योग्य कृषि फर्मको निर्माण गर्ने र प्रयोगशालाको रुपमा विकास गर्ने निर्णय गरिएको छ । निर्णमाण हुने कृषि फर्ममा सम्पुर्ण काम कर्मचारी र जनप्रतिनिधिले गर्ने बताइएको छ ।  
यस्तै गाउँपालिकाले सहकारी, बैंक, लगायतका बित्तीय संस्थाहरुमा बचत खाता खोली अभिभावकले मासिक १ सय बचत गरेको प्रमाणित रसिद पेश गरेपछि गाउँपालिकाले सोही खातामा १ सय बचत गरिदिने बैठकले निर्णय गरेको छ । पहिलो बैठबाट नै बैंकसँगको सहकार्यमा सामाजिक सुरक्षा भत्ता वडा तहबाट नै वितरण गर्ने लगाएतका निर्णय गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाकाेऔरही गाउँपालिकामा पु:नह यादवले प्रमुख प्रशासकीय अधिकृतकाे ठाउँ लिन सफल : JCNEPAL MEDIA

सिद्धार्थ बैंक, जनकपुर शाखाका प्रबन्धक प्रहरी नियन्त्रणमा -JCNEPAL MEDIA

स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी भण्डारी विजयी : बाजुरा JCNEPAL MEDIA

काठमाडौं महानगरपालिका १६ मा उपप्रधानमन्त्री सिंहले गरे मतदान : JCNEPAL MEDIA

धनुषाधाम नगरपालिका वाडा नं.१ मा वडाध्यक्ष पदका लागि मतदान जारी : JCNEPAL MEDIA

प्रमुख निर्वाचन आयुक्त :२९३ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान हुदै -JCNEPAL MEDIA