कामका गर्न भनि काठमाडौ गएका रामेछापका तमाङ गत १० महिनादेखि सम्पर्क विहिन

दिपक बस्नेत
असार ९, तामाकोशी ।
रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका गागल भदौरे चिराङखु निवासी वीर सिंह तमाङ विगत १० महिना देखि परिवारबाट सम्पर्क विहिन हुनुभएको छ ।
१८ महिना अगाडि काम गर्नका लागि घरबाट काठमाडौ र धादिङ जान्छु भनि हिड्नु भएका तमाङ गत भदौ १४ गते सम्म परिवारको सम्पर्कमा रहनु भएको थियो ।
गत भदौ १४ गते देखि हालसम्म पनि परिवारको सम्पर्कमा नआएपछि परिवारका सदस्य चिन्तामा परेका छन् । तामाङका श्रीमती सम्झना तमाङका अनुसार गत भदौ १४ गते सम्म फोन मार्फत सम्पर्क भएपनि त्यस पछिका दिनमा फोन सम्पर्क नभएको बताउँनु हुन्छ ।
४२ बर्षिया तमाङको परिवार अहिले उहाँको खोजिमा लागेको परिवारका सदस्य सुनलाल तमाङले जानकारि दिनु भयो । हाल १० महिना अगाडी सम्म फोन सम्पर्कमा रहेका तमाङलाई सम्पर्क विहिन भएपछि परिवारले देख्नु वा भेट्नु हुने महानुभावले मोवाइल नम्बर ९८६९००५०६६ मा सम्र्पक गरिदिनुहुन पनि अनुरोध गर्नुभएको छ ।
मानव हितमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

वाडा अध्यक्षले गरे जीउँदै महिलाको मृत्यु प्रमाणपत्रकाे लागि सिफारिस JCNEPAL_MEDIA

शिक्षिकालाई यौन प्रश्ताव राख्ने कानेपोखरीका शिक्षा अधिकृत कार्यालय छोडेर भागे : विराटनगर

जनकपुर उपमहानगरपालिकाकाे लपर्बाही चरम सिमामा पुगे

सुकुमबासीहरुलाई खाधान्न तथा कम्बल वितरण गरे : जनकपुरियन लेडिज ग्रुप- JC NEPAL MEDIA

मुख्यमन्त्रीमा दोहोरिने लालबाबुको प्रयास असफल, जसपा संसदीय दलको नेतामा सरोज सर्वसम्मत

खानेपानी संस्थानको विज्ञापन नतिजा १२ वर्षपछि प्रकाशित