धनुषा निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा चुनावका लागि कांग्रेसभित्र उम्मेदवार चयनमा दाेह्राे सिफारिस : JCNEPAL MEDIA

पुस ०३,२०८२ / जेसी नेपाल संवाददाता

धनुषा क्षेत्र नं.२ मा प्रतिनिधिसभा चुनावका लागि कांग्रेसभित्र उम्मेदवार चयनमा छुट्टा -छुट्टै गरि दाेह्राे सिफारिस गरिएको छ । नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं.२ काे विस्तारित क्षेत्रीय बैठकमा तिनजनाले आफ्नो उमेदवारी घाेषणा गरेका थिए । जस्मा रामकृष्ण यादव , दिनेश प्रसाद प्रसैला यादव र मुक्ता यादव आ-आफ्नो उमेदवारी घाेषणा गरेका थिए ।

तिनै जना उमेदवार मध्ये शुरूकाे बैठकमा कार्यसमितिका अधिकान्स कार्यकर्ताहरू दिनेश प्रसाद प्रसैला यादवकाे एकल नाम पठाउन भनिरहेको थियोे । तर, निवर्तमान सांसद रामकृष्ण यादवकाे पक्षधरहरू रामकृष्ण यादवकाे एकल नाम पठाउन भन्दा बैठकमा हाेहला भएको थियो ।

त्यसपछि तिनै नेता मध्ये १ नं. कस्काे नाम पठाउने भने विवाद भएपछि पार्टीका विधान तहत क्षेत्रीय सभापति नवीन गाेहिवारकाे अध्यक्षतामा बसेकाे बैठकले प्रत्यक्ष तर्फ

१. दिनेश प्रसाद प्रसैला यादव

२. रामकृष्ण यादव

३. मुक्ता कुमारी यादव सहित समानुपातिक तर्फ 

यीनिहरूकाे नाम सिफारिस गरि काँग्रेस जिल्ला कार्यालय, धनुषामा पठाएका छन ।

त्यसतै अर्को पक्ष निर्वाचन क्षेत्र नं.२ (१)का प्रदेश सभापति तथा क्षेत्रीय उपसभापति सुदेश चाैधरीकाे अध्यक्षतामा पदाधिकारीहरूकाे बैठक बसी प्रत्यक्ष तर्फ

१. रामकृष्ण यादव

२. दिनेश प्रसाद प्रशैला यादव

३. मुक्ता कुमारी यादव सहित समानुपातिक तर्फ 

 

यीनीहरूकाे नाम सिफारिस गरि नेपाली काँग्रेस जिल्ला कार्यालय ,धनुषामा पठाइएका छन ।

यता काँग्रेस धनुषाका सभापति याेगेन्द्र पजियारले निर्वाचन क्षेत्र नं.२ का सभापति नवीन गाेहिवारले सिफारिस गरेकाे वैधानिकता भएतापनि उपाध्यक्ष सुदेश चाैधरी सहितकाे सिफारिस निवेदनकाे रूपमा दुवै सिफारिस प्रदेश कार्यालयमा पठाउने वताएका छन ।

प्रकाशित : पुस ०३,२०८२                ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA