सिरहामा केरा बोकेको ट्याक्टर पल्टिदा २ जनाको मृत्यु

जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिका १० मा आज बिहान केरा बोकेको ट्याक्टर पल्टिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।मृत्यु हुनेमा कल्याणपुर नगरपालिका ४ का महेश यादव र सोही नगरपालिका ११ का कमल यादव छन् । मृतक महेश केरा व्यापारी र कमल ट्याक्टर चालक रहेको बुझिएको छ ।छठ पर्वका लागि बिक्री गर्न मृतक महेशले सुनसरीको भन्टाबारीबाट केरा ल्याउन लागेका थिए ।गाउँमा आइसकेपछि ट्याक्टर दुर्घटनामा परेको हो । तर दुर्घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।साभार : नेपाल प्रेस

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाकाेऔरही गाउँपालिकामा पु:नह यादवले प्रमुख प्रशासकीय अधिकृतकाे ठाउँ लिन सफल : JCNEPAL MEDIA

सिद्धार्थ बैंक, जनकपुर शाखाका प्रबन्धक प्रहरी नियन्त्रणमा -JCNEPAL MEDIA

स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी भण्डारी विजयी : बाजुरा JCNEPAL MEDIA

काठमाडौं महानगरपालिका १६ मा उपप्रधानमन्त्री सिंहले गरे मतदान : JCNEPAL MEDIA

धनुषाधाम नगरपालिका वाडा नं.१ मा वडाध्यक्ष पदका लागि मतदान जारी : JCNEPAL MEDIA

प्रमुख निर्वाचन आयुक्त :२९३ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान हुदै -JCNEPAL MEDIA