मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीया युवतीको मृत्यु, चालक गम्भीर घाइते : कैलाली JCNEPALMEDIA

साउन १७,०८३ / जेसी नेपाल संवाददाता

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–८ सेतोपुलमा से.६ प ९७६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर शनिबार राति दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार दुर्घटनामा परेर मोटरसाइकल पछाडी सवार धनगढी उपमहानगरपालिका–६ की २८ वर्षीया सम्झना चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको सेती प्रादेशिका अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक गोदावरी नगरपालिका–८ का ३६ वर्षीय बिनोद चौधरी गम्भीर घाइते भएका छन्। उनको कैलाली अस्पताल धनगढीमा उपचार भइरहेको छ।

दुर्घटना सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।

प्रकाशित : साउन १७,२०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA