बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

भदौ ३०,२०८३ / जेसी नेपाल संवाददाता

महोत्तरीको बर्दीबासस्थित नापी कार्यालयका एक नापी सर्भेक्षक सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा नापी सर्भेक्षक शिवकुमार साह रहेका छन् ।

उनलाई मंगलबार अपराह्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दीबासको टोलीले घुस रकमसहित पक्राउ गरेको हो । जग्गा ट्रायलका लागि निवेदन दिएका एक सेवाग्राहीसँग काम गरिदिने भन्दै लामो समयदेखि घुस रकमका लागि बार्गेनिङ भइरहेको सूचना पाएपछि अख्तियारको टोलीले साहमाथि निगरानी बढाएको थियो ।

सोही क्रममा मंगलबार करिब ४ बजे नापी कार्यालय अगाडिको एक खाजा घरमा सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा साहलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दीबासका सूचना अधिकारी प्रकाश पोखरेलका अनुसार साहलाई नियन्त्रणमा लिएर स्थलगत मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

घुस रकमसहित रंगेहात पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित : भदौ ३०, २०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA