बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

भदौ ३०,२०८३ / जेसी नेपाल संवाददाता

महोत्तरीको बर्दीबासस्थित नापी कार्यालयका एक नापी सर्भेक्षक सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा नापी सर्भेक्षक शिवकुमार साह रहेका छन् ।

उनलाई मंगलबार अपराह्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दीबासको टोलीले घुस रकमसहित पक्राउ गरेको हो । जग्गा ट्रायलका लागि निवेदन दिएका एक सेवाग्राहीसँग काम गरिदिने भन्दै लामो समयदेखि घुस रकमका लागि बार्गेनिङ भइरहेको सूचना पाएपछि अख्तियारको टोलीले साहमाथि निगरानी बढाएको थियो ।

सोही क्रममा मंगलबार करिब ४ बजे नापी कार्यालय अगाडिको एक खाजा घरमा सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा साहलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दीबासका सूचना अधिकारी प्रकाश पोखरेलका अनुसार साहलाई नियन्त्रणमा लिएर स्थलगत मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

घुस रकमसहित रंगेहात पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित : भदौ ३०, २०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA