ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

भदौ ३०,२०८३ / जेसी नेपाल संवाददाता

धनुषाको मिथिला नगरपालिका–७, ढल्केवरमा एक महिलाको घरकै प्यासेजमा शंकास्पद अवस्थामा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भदौ २९ गते राति अन्दाजी २२ः५० बजे स्थानीय ३४ वर्षीय श्रवण महतोकी २७ वर्षीया श्रीमती पुनिता देवी महतो आफ्नै घरको प्यासेजमा मृत अवस्थामा फेला परेकी हुन्।

घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय ढल्केवरबाट प्रहरी निरीक्षक उदय शम्सेर जबराको कमाण्डमा खटिएको टोलीले घटनास्थल पुगी प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा मृतकको घाँटीमा कसिएको जस्तो डाम देखिएकाले मृत्यु शंकास्पद रहेको प्रहरीले जनाएको छ।

घटना पश्चात् प्रहरीले तत्काल मृतकका श्रीमान् श्रवण महतोलाई नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय ढल्केवरमा राखेर ज्यान सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) ओम प्रकाश खनालले जानकारी दिए।

प्रकाशित : भदौ ३०, २०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA