घट्यो सुनचाँदीको मूल्य ,सुन तोलामा रु एक हजार ८०० र चाँदी रु ४५ ले घटेको : JCNEPALMEDIA

साउन १७,०८३ / जेसी नेपाल संवाददाता

काठमाडौँ- स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ८०० र चाँदी रु ४५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३१५ कायम भएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८५ हजार र चाँदी रु चार हजार ३६० कायम भएको थियो । बिहीबार एक तोला सुन रु दुई लाख ८४ हजार र चाँदी रु चार हजार ३१० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६३ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।

प्रकाशित : साउन १७,२०८३        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA