२ किशोरीलाई गेस्ट हाउसमा लगेर बलात्कार गरेको आरोपमा २ युवक पक्राउ : JCNEPALMEDIA

साउन १८,०८३ / जेसी नेपाल संवाददाता

दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा बाँके प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जबर्जस्ती करणीपछि फरार रहेका खजुरा गाउँपालिका–२ निवासी २८ वर्षीय मोहन सत्याललाई घटनाको एक सातापछि प्रहरीले आइतबार पक्राउ गरेको हो। यही साउन ११ गते राति करिब ७स्३० बजे कोहलपुर नगरपालिका–११, हरियालीमार्ग बसपार्क नजिक रहेको सत्यानी गेष्ट हाउसमा लगेर सत्यालसँगै सोही ठाउँका २० वर्षीय प्रदीप सुनारले दुई किशोरीलाई रातभर बलात्कार गरेको आरोप छ।

उनीहरुले १४ र १५ वर्षीया दुई किशोरीलाई गेष्ट हाउसमा लगेर रातभर पालैपालो सामूहिक जबर्जस्ती करणी गरेको आरोपमा उजुरी परेपछि प्रहरीले खोजतलास अघि बढाएको थियो। घटनापछि प्रतिवादी प्रदीप सुनारलाई साउन १२ गते नै प्रहरीले पक्राउ गरेको थियो। फरार रहेका सत्याललाई साउन १७ गते बाँकेको खजुरा गाउँपालिका–५ स्थित नेपालगञ्ज–गुलरिया हुलाकी सडकखण्डबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैलाई कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित : साउन १८,२०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA