मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ : JCNEPALMEDIA

साउन १८,०८३ / जेसी नेपाल संवाददाता

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। आइतबार साँझ भक्तपुरस्थित निवासबाट उनी पक्राउ परेकाे जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख सूर्य बहादुर खड्काले देशसञ्चारसँग बताए।

उनलाई अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले पक्राउ गरेको हो। प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ। किन पक्राउ गरिएको भन्ने खुलेको छैन। तर आइतबार नै प्रसाईंले पत्रकार सम्मेलेन गर्दै सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका थिए।

उनी यसअघि भड्काउ अभिव्यक्ति दिएकै आधारमा पटक-पटक पक्राउ पर्दै र छुट्दै आएका थिए। उनी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक हुन्।

प्रकाशित : साउन १८,२०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहामा सशस्त्र प्रहरीलाई कुल्चेर भाग्ने मुख्य अभियुक्त मँसुरीलाई २२ महिनापछि गोली हानेर पक्राउ

हिरा महासेठ उर्फ (चाची)काे घरमा दुहबी स्थित भारतीय एनआईए र एसएचओकाे टिम गरे थप अनुसन्धान: JCNEPAL MEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA