इलाममा ट्राफिक प्रहरीमाथि मासिक रकम असुलीको आरोप, पैसा नदिने चालकलाई अनावश्यक सास्ती : JCNEPALMEDIA

मंशिर ०१,२०८३ / जेसी नेपाल संवाददाता

इलाम : इलामका विभिन्न स्थानमा कार्यरत ट्राफिक प्रहरीमाथि सवारी चालक तथा यातायात व्यवसायीसँग मासिक रूपमा अवैध रकम असुली गर्ने गरेको गम्भीर आरोप लागेको छ। रक्से, विप्लाटे, तीनघरे, फिक्कल, हर्कटे, जोरकलश र दानाबारीलगायतका ट्राफिक पोस्टहरूमा सवारीधनी तथा चालकसँग नियमित रूपमा रकम माग्ने गरिएको व्यवसायीहरूको दाबी छ।

उनीहरूका अनुसार मासिक ३०० रुपैयाँदेखि २ हजार ५०० रुपैयाँसम्म रकम असुली हुने गरेको छ। व्यवसायीहरूको गुनासोअनुसार रकम बुझाउने सवारीसाधनलाई चेकजाँचमा सहजता दिने गरिएको छ भने रकम नदिने चालकलाई सामान्य कमजोरी देखाउँदै अनावश्यक दुःख दिने गरिएको छ। यसरी संकलन गरिएको रकम जिल्ला तहका जिम्मेवार अधिकारीसम्म पुग्ने गरेको आरोपसमेत सार्वजनिक भएको छ।

यता, जिल्ला ट्राफिक प्रहरी प्रमुख दाहालले भने ट्राफिक प्रहरीबाट रकम असुली भइरहेको विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन्। घटनाबारे निष्पक्ष छानबिन गरी आरोपको सत्यतथ्य सार्वजनिक गर्न र दोषी पाइएमा कानुनी कारबाही गर्न स्थानीयवासी तथा यातायात व्यवसायीहरूले सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रकाशित : मंशिर ०१,२०८३                ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनौजी प्रिमियर लिगको उपाधि जिते महुलियाटीम :JCNEPALMEDIA

सर्लाहीमा इन्स्पेक्टर र सईमाथि ‘महिनावारी’ असुली गरी अवैध गतिविधिलाई सहज बनाएको आरोप : JCNEPALMEDIA

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै, सत्ता जोगाउने ठूलाे चुनौती : JCNEPALMEDIA

आज वर्षा र हिमपातको सम्भावना : JCNEPALMEDIA

बालेनको भारत भ्रमणमा पञ्चेश्वरबाँधबारे छलफल हुने भारतीय मन्त्रीको दाबी : JCNEPALMEDIA

छठ पर्वका ब्रतालुलाई साडी वितरण, १५० भन्दा बढी महिलालाई सम्मान : JCNEPALMEDIA