बालेनको भारत भ्रमणमा पञ्चेश्वरबाँधबारे छलफल हुने भारतीय मन्त्रीको दाबी : JCNEPALMEDIA

कार्तिक २६,२०८३ / जेसी नेपाल संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणको क्रममा पञ्चेश्वर बाँध परियोजना, सीमा व्यापार तथा पूर्वाधार विकास, महेन्द्रनगरमा ड्राइपोर्ट निर्माण र तराई क्षेत्रमा पर्यटन विस्तारलगायत विषयमा छलफल हुने भारतको उत्तराखण्डका क्याबिनेट मन्त्री सतपाल महाराजले बतामएका छन्।

मन्त्री सतपालको भिडिओ सार्वजनिक गर्दै भारतीय मिडियाले नेपालका प्रधानमन्त्री शाह आगामी मंसिर ६ मा भारत भ्रमणमा जाने र त्यसेबेला उत्तराखण्डमा पनि भ्रमण गर्ने सम्भावना रहेको बताएका छन्। ‘नेपालका प्रधानमन्त्री नोभेम्बर २२ (मंसिर ६) मा आउने अपेक्षा गरिएको छ। त्यसबेला पञ्चेश्वर बाँधका विषयमा नेपाली प्रधानमन्त्रीसँग छलफल हुनेछ,’ मन्त्री सतपालले भनेका छन्, ‘यसका साथै महेन्द्रनगरमा ड्राइपोर्ट निर्माणसहित नेपाल–भारत सीमासँग जोडिएका सबै विषयमा कुराकानी हुनेछ।

लामो समयदेखि अलपत्र अवस्थामा रहेको पञ्चेश्वर बाँध परियोजना महाकाली नदीमा निर्माण गर्ने प्रस्ताव गरिएको बहुउद्देश्यीय आयोजना हो। महाकाली नदीमा बन्ने यो परियोजना नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्ड राज्यको सीमा क्षेत्रमा पर्छ। परियोजनाको लागत, जलस्रोतको बाँडफाँट तथा आयोजनाबाट प्राप्त हुने लाभको वितरणसम्बन्धी विवादका कारण यसको काम अघि बढ्न सकेको छैन। यद्यपि, पछिल्ला वर्षहरूमा दुवै देशले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम रूप दिने प्रक्रिया तीव्र बनाउने सहमति गरेका छन्। पञ्चेश्वर परियोजनामा प्रगति हुन सके महाकाली नदी बेसिन क्षेत्रमा विद्युत् उत्पादन, सिँचाइ सुविधा विस्तार तथा बाढी नियन्त्रणका उपायमा काम गर्न सकिने अपेक्षा छ।

त्यसबाहेक, नेपालको तराई क्षेत्रमा पर्यटन विकासका विषयमा प्रस्तावित छलफलबारे बोल्दै मन्त्री सतपालले पूर्णागिरी मन्दिरसम्म पुग्न एलिभेटेड ट्रयाक निर्माण भइरहेको बताएका छन्। उनले भनेका छन्, ‘नेपालमा रहेको सिद्धबाबाको मन्दिरको दर्शन नगरी माता पूर्णागिरिको तीर्थयात्रा पूरा हुँदैन भन्ने विश्वास छ। उत्तराखण्ड सरकार पर्यटन प्रवद्र्धनका लागि नेपालसँग सहकार्य गर्न चाहन्छ।’ भारतको पूर्णागिरी दर्शन गर्ने तीर्थयात्री महेन्द्रनगरस्थित सिद्धबाबाको मन्दिर पनि पुग्ने गरेका छन्।

त्यसबाहेक, मन्त्री सतपालले नेपालस्थित चितवन राष्ट्रिय निकुञ्ज र उत्तराखण्डको जिम कर्बेट राष्ट्रिय निकुञ्जबीच सम्पर्क तथा सहकार्य स्थापित गर्न सके दुवै देशलाई लाभ पुग्ने बताएका छन्। ‘दुई देशबीचको संवादले आपसी सद्भाव र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउनेछ’, उनले भनेका छन्। प्रधानमन्त्री शाहसँगै नेपालका पर्यटनमन्त्री खड्गराज पौडेल पनि सहभागी हुने भएकाले दुई देशबीचको धार्मिक तथा पर्यटन सम्बन्धलाई नयाँ दिशा दिने अपेक्षा गरिएको मन्त्री सतपालको भनाई छ।

प्रकाशित : कार्तिक २६,२०८३                        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

छठ पर्वका ब्रतालुलाई साडी वितरण, १५० भन्दा बढी महिलालाई सम्मान : JCNEPALMEDIA

जनकपुरका विभिन्न चाैकमा जडान भएको ट्राफिक लाइट विग्रिएकाे अबस्था,मधेसका डिआइजी बाट सुचारु हुने प्रतिबधा : JCNEPALMEDIA

शंकास्पद बिलबिजकसहित १३ हजार ९० किलो जिंकएश लोड गरिएको ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा : JCNEPALMEDIA

जनकपुर बंशी चाेककाे काली होटलमा मध्यराति प्रहरीको छापा, सुनचाँदी व्यवसायी ठाकुरसहित ५ जना पक्राउ : JCNEPALMEDIA

धनुषाको धनौजीमा आजदेखि वडा स्तरीय क्रिकेट प्रतियोगिता `धनौजी प्रिमियर लिग´(DPL) सुरु : JCNEPALMEDIA

प्रशासकीय अदालतको आदेश अवज्ञा गर्दै कार्यालय प्रमुख मिथलेश महतो : JCNEPALMEDIA