धनौजी प्रिमियर लिगको उपाधि जिते महुलियाटीम :JCNEPALMEDIA

कार्तिक २८,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम :धनुषाको धनौजीमा आयोजित वडा स्तरीय क्रिकेट प्रतियोगिता 'धनौजी प्रिमियर लिग' (DPL) को उपाधि धनुषाको महुलिया टिमले जितेको छ। स्थानीय लगान युवा क्लब (LAGAN YOUTH CLUB) को आयोजनामा सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल महोत्तरीको देवनमा र धनुषाको महुलियाबीच भएको थियो।

फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको महोत्तरीको देवनमा टिमले सबै विकेट गुमाउँदै १०९ रन बनाएको थियो। जवाफमा ११० रनको लक्ष्य पछ्याएको महुलिया टिमले सहजै लक्ष्य पूरा गर्दै उपाधि आफ्नो नाममा गर्न सफल भयो। प्रतियोगितामा विजेता महुलिया टिमले नगद ३५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता देवनमा टिमले नगद १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ। प्रतियोगिताको समापन स्थानीय युवा नेता रोशन मिश्रको प्रमुख आतिथ्यमा भएको थियो।

समापन समारोहमा स्थानीय युवा, खेलप्रेमी तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मिश्रले खेलकुदले युवामा अनुशासन, एकता, सहकार्य र नेतृत्व क्षमताको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले यस्ता प्रतियोगिताले स्थानीय स्तरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान गर्नुका साथै खेलकुद क्षेत्रको विकासमा योगदान पुऱ्याउने विश्वास व्यक्त गर्दै प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए।

स्थानीय स्तरमा क्रिकेट खेलको प्रवर्द्धन गर्ने, युवाको खेल प्रतिभालाई उजागर गर्ने तथा खेलकुदप्रति आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। DPL ले धनौजी क्षेत्रमा क्रिकेटको विकाससँगै युवाहरूबीच आपसी सद्भाव, प्रतिस्पर्धा र खेलभावनाको विकासमा योगदान पुऱ्याउने अपेक्षा गरिएको छ ।

प्रकाशित : कार्तिक २८,२०८३                    ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै, सत्ता जोगाउने ठूलाे चुनौती : JCNEPALMEDIA

बालेनको भारत भ्रमणमा पञ्चेश्वरबाँधबारे छलफल हुने भारतीय मन्त्रीको दाबी : JCNEPALMEDIA

छठ पर्वका ब्रतालुलाई साडी वितरण, १५० भन्दा बढी महिलालाई सम्मान : JCNEPALMEDIA

जनकपुरका विभिन्न चाैकमा जडान भएको ट्राफिक लाइट विग्रिएकाे अबस्था,मधेसका डिआइजी बाट सुचारु हुने प्रतिबधा : JCNEPALMEDIA

शंकास्पद बिलबिजकसहित १३ हजार ९० किलो जिंकएश लोड गरिएको ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा : JCNEPALMEDIA

जनकपुर बंशी चाेककाे काली होटलमा मध्यराति प्रहरीको छापा, सुनचाँदी व्यवसायी ठाकुरसहित ५ जना पक्राउ : JCNEPALMEDIA