छठ पर्वका ब्रतालुलाई साडी वितरण, १५० भन्दा बढी महिलालाई सम्मान : JCNEPALMEDIA

कार्तिक २६,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : आस्थाको महापर्व छठ पर्वको अवसरमा जनकपुरधाममा छठ ब्रतालु महिलाहरूलाई साडी वितरण गरिएको छ। बिहीबार जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ स्थित वकिल टोलको मोडर्न ई.से.बो. स्कुलको प्रांगणमा आयोजित कार्यक्रममा १५० भन्दा बढी छठ ब्रतालु महिलालाई साडी वितरण गरिएको हो।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ का पूर्व वडाध्यक्ष शत्रुधन साहको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य झाको प्रमुख आतिथ्यता रहेको थियो। छठ पर्वको अवसरमा ब्रतालु महिलाहरूलाई सम्मान तथा सहयोग गर्ने उद्देश्यले साडी वितरण कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा स्थानीय महिला, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। छठ पर्व मिथिलाञ्चलको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानसँग जोडिएको महत्त्वपूर्ण पर्व हो। यस पर्वमा व्रत गर्ने महिलाहरूले कठोर नियम, निष्ठा र श्रद्धाका साथ सूर्यदेव तथा छठी माताको पूजा आराधना गर्ने परम्परा रहेको छ।

पर्वको अवसरमा ब्रतालु महिलाहरूलाई साडी वितरण गर्नु सामाजिक सद्भाव, सहयोग र सम्मानको भावना अभिवृद्धि गर्ने सकारात्मक कार्य भएको सहभागीहरूले बताएका थिए। आयोजक शत्रुधन साहले छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई आत्मसात् गर्दै ब्रतालु महिलाहरूलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएका छन्।

प्रकाशित : कार्तिक २६,२०८३                      ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बालेनको भारत भ्रमणमा पञ्चेश्वरबाँधबारे छलफल हुने भारतीय मन्त्रीको दाबी : JCNEPALMEDIA

जनकपुरका विभिन्न चाैकमा जडान भएको ट्राफिक लाइट विग्रिएकाे अबस्था,मधेसका डिआइजी बाट सुचारु हुने प्रतिबधा : JCNEPALMEDIA

शंकास्पद बिलबिजकसहित १३ हजार ९० किलो जिंकएश लोड गरिएको ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा : JCNEPALMEDIA

जनकपुर बंशी चाेककाे काली होटलमा मध्यराति प्रहरीको छापा, सुनचाँदी व्यवसायी ठाकुरसहित ५ जना पक्राउ : JCNEPALMEDIA

धनुषाको धनौजीमा आजदेखि वडा स्तरीय क्रिकेट प्रतियोगिता `धनौजी प्रिमियर लिग´(DPL) सुरु : JCNEPALMEDIA

प्रशासकीय अदालतको आदेश अवज्ञा गर्दै कार्यालय प्रमुख मिथलेश महतो : JCNEPALMEDIA