ओलीले हामीलाई कारबाही गर्न सक्दैनन् : भीम रावल

१५ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई कारबाही गर्ने भन्ने कुरा गलत भएको बताएका छन् । नेपालको कानून बमोजिम ओलीले आफूहरुलाई कारबाही गर्न नसक्ने उनले दाबी गरे ।

बुधबार नेकपा एमालेको माधव नेपाल समूहका नेताहरुसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दे नेता रावलले ओलीले पार्टी विधान विपरितका क्रियाकलाप गरेकाले त्यो नरोकिएसम्म आफूहरुको अभियान जारी रहने बताए ।

‘उहाँ (केपी शर्मा ओली)ले सर्वोच्च अदालतको फैसला विपरित र नेकपा एमालेको विधान विपरित केन्द्रीय कमिटीलाई भंग गर्नुभयो । कथित आयोजक कमिटी बनाउनु भो महाधिवेशनका लागि । मान्छे थप्ने, हामीलाई कारबाही गर्ने भनेर स्पष्टीकरण सोध्ने गतिविधि गर्नुभएको छ,’ उनले भने, ‘यी स्वेच्छाचारी र पार्टी विधान, पार्टीको मार्गनिर्देशन, नवौं राष्ट्रिय महाधिवेशनको निर्णय विपरितका गतिविधि हुन् । र यसको विरुद्धमा देशव्यापी रुपमा कार्यकर्तालाई एमालेको सिद्धान्त, नीति, कार्यक्रम र यसको विधानको रक्षाको लागि जुन अभियान चलाएका छौं, हामीले यसलाई जारी राख्नुपर्छ ।’

नेता रावलले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी पाइला चाल्न नसकेको समेत बताए । सरकारले प्रभावकारी काम गर्नका लागि आव्हान गर्ने निर्णय आफूहरुको भेलाले गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA