सरकारले महाकाली नदीकाे विषयमा भारतसँग कूटनीतिक संवाद अघि बढाउने

काठमाडाैं,२० मंसिर । नेपाल सरकारले महाकाली नदीकाे विषयमा भारतसँग कूटनीतिक संवाद अघि बढाउने भएकाे छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीमा भारतीय पक्षले बनाइरहेको संरचनाको सन्दर्भमा द्विपक्षीय छलफल हुने बताएका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकमा एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले भारतीय पक्षबाट महाकाली नदीको बहाव नै प्रभावित हुनेगरी संरचना निर्माण गरिरहेको प्रधानमन्त्री शेरबहादुर देउवासँग राय मागेका थिए।भारतले तटवन्धन बनाएर महाकाली नदकाे धार परिवर्तन गरेकाे विषयमा चाैतर्फी अावाज उठेपछि सरकारले त्यसप्रति केही चासाे देखाएकाे हाे । भारतले महाकालीमा सधै किचलाे मच्चाउँदै अाएकाे छ ।साभार : स्पेसखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

प्रदेशसभा बैठक बुधबार ८ बजेका लागि बोलाइयो : मधेस प्रदेश JCNEPAL MEDIA

जनकपुरधाममा समाजवादी युवा संघको प्रदेशस्तरीय युवा नेतृत्व सशक्तीकरण सम्मेलन सम्पन्न : JCNEPAL MEDIA

महाधिवेशनको एजेन्डामा कांग्रेस संस्थापन पक्षमै दुई भाग : JCNEPAL MEDIA

महाधिवेशनमा टुटिरहेकाे काँग्रेस , देउवा पछिहटेनन् ,गगन र विश्वले अडान छाडेनन् : JCNEPAL MEDIA

मधेसमा उपसभामुखले बैठककाे लागि गरे आह्वान

हैदरबादमा बसमा आगलागी हुदा २५ जनाकाे मृत्यु : JCNEPAL MEDIA