एमालेका नेता एवम् सांसद पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि

दिपक बस्नेत
बैशाख, २९ तामाकोशी । 

नेकपा एमालेका पोलिट्व्यूरो सदस्य एवँ साँसद पशुपति चांैलागाईको अत्यष्टि गरिएको छ ।
नेकपा ९एमाले० ले प्रदेशसभा सदस्य पशुपति चौलागाईंका निधनमा तीन दिनसम्म पार्टीको आधा झन्डा झुकाउन मातहत कमिटीलाई निर्देशन दिएको छ । उहाँको निधनमा केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयमा शोकपुस्तिका पनि राखिने छ ।
स्व चौलागाईंको तस्बिरमा माल्यार्पण गरी नेताहरुले आज अन्तिम श्रद्धाञ्जलि दिएका छन् । साथै कार्यालयमा शोकपुस्तिकासमेत राखिएको छ ।
पार्टी केन्द्रीय सदस्य चौलागाईंको मंगलबार कोरोना संक्रमणका कारण निधन भएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । चौलागाईं दोलखा ख बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको थिए । उहाँ २०५६ सालको निर्वाचनमा दोलखा १ बाट र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसद हुनुभएको थिए ।
विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहनु भएका चौलागाईं भद्र, निष्ठावान् र इमान्दार नेता हुनुहुन्थ्यो । चौलागाईँकोे जन्म २०२० फागुन ५ गते दोलखा जिल्लाको काभ्रेमा भएको थियो । पिता चन्द्रप्रसाद र आमा भक्तमायाको सन्तानका रुपमा जन्मिएका उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले शोक वक्तव्य जारी गरी पार्टीले एउटा असल र निष्ठावान् नेतालाई गुमाउन पुगेको जनाउँदै राजनीतिक योगदानलाई सदा पार्टीले सदा स्मरण गर्ने बताउनु भएको छ । पार्टीका नेता माधवकुमार नेपालले पनि शोक वक्तव्य जारी गरी उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाउँनु भयो ।

फोटो समाजिक संजाल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

वाडा अध्यक्षले गरे जीउँदै महिलाको मृत्यु प्रमाणपत्रकाे लागि सिफारिस JCNEPAL_MEDIA

शिक्षिकालाई यौन प्रश्ताव राख्ने कानेपोखरीका शिक्षा अधिकृत कार्यालय छोडेर भागे : विराटनगर

जनकपुर उपमहानगरपालिकाकाे लपर्बाही चरम सिमामा पुगे

सुकुमबासीहरुलाई खाधान्न तथा कम्बल वितरण गरे : जनकपुरियन लेडिज ग्रुप- JC NEPAL MEDIA

मुख्यमन्त्रीमा दोहोरिने लालबाबुको प्रयास असफल, जसपा संसदीय दलको नेतामा सरोज सर्वसम्मत

खानेपानी संस्थानको विज्ञापन नतिजा १२ वर्षपछि प्रकाशित