ओलीको दाबी : प्रचण्डको प्रधानमन्त्री बन्ने सपना पूरा हुँदैन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री बन्ने सपना पूरा नहुने दाबी गरेका छन्।एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिवार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।‘प्रचण्डले अहिले प्रधानमन्त्रीको इच्छा गरिराख्नु भएको छ। मलाई लाग्छ उहाँले ढिलो गर्नुभयो। लिनुपर्ने र गर्नुपर्ने काम समयमै गर्नुपर्छ। उहाँले ढिला गर्नुभयो।’उनले पाकेको आँप उदाहरण दिँदै बेला नटिपे आफैँ झरेर जाने टिप्पणी समेत गर्न भ्याए।‘अब उहाँ (प्रचण्ड) सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ । उहाँले समयमा कदम चाल्नु भएन’ ओलीको भनाइ छ।प्रचण्डले गठबन्धनबाटै पहिलो चरणमा प्रधानमन्त्री बन्न गृहकार्य गरिरहेका छन्। गठबन्धन दलहरू अहिले सरकार गठनको विषयमा छलफलमा जुटेका छन्।शेरबहादुर देउवा र प्रचण्डमध्ये को प्रधानमन्त्री बन्ने भन्ने टुङ्गाउन सकेको छैन। त्यसो त एमालेले पनि गठबन्धन छाडेर आए प्रधानमन्त्री दिने सन्देश खुमलटार पठाइसकेको छ ।साभार : नेपाल प्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA