बहुमतको सरकार बनाउन दिएको समय सकियो । ओली नै प्रधानमन्त्री बन्दै

३० वैशाख,

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई बहुमतका सरकार निर्माणका लागि दिएको समय सकिएको छ। बहुमतको सरकारका लागि तोकिएको समयमा कसैले दावी पेश नगरेको बताएको छ ।

एमालेका अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको सहमतिपछि पार्टी भित्र लामो समयदेखि चल्दै आएको विवाद हल गर्न कार्यदल बनाउने सहमति भएको छ । बिहीबार भएको लामो छलफलमा ओली र नेपाल विवाद समाधानका लागि कार्यदल बनाउन सहमत भएका हुन् । वार्ता पछि नेपाल समूहको सामूहिक राजीनामा तत्काललाई टरेको छ ।

संविधानको धारा ७६(३)अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको रुपमा अव पुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारको प्रधानमन्त्री बन्ने छन्।


नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी गर्न माधव कुमार नेपाल पक्षले राजिनामा दिनुपर्थो तर ओली र नेपालबीच सहमतिपछि कांग्रेस, माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई,उपेन्द्र यादव पक्षका सांसदले नै पुग्ने आशा विपक्षी गठबन्धनको थियो । तर ओली र नेपालबीच सहमतिले विपक्षी गठबन्धनको आशा समाप्त भयको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एमाले महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन, मतदान साँझ ७ बजेबाट शुरू हुने : JCNEPAL MEDIA

प्रदेशसभा बैठक बुधबार ८ बजेका लागि बोलाइयो : मधेस प्रदेश JCNEPAL MEDIA

जनकपुरधाममा समाजवादी युवा संघको प्रदेशस्तरीय युवा नेतृत्व सशक्तीकरण सम्मेलन सम्पन्न : JCNEPAL MEDIA

महाधिवेशनको एजेन्डामा कांग्रेस संस्थापन पक्षमै दुई भाग : JCNEPAL MEDIA

महाधिवेशनमा टुटिरहेकाे काँग्रेस , देउवा पछिहटेनन् ,गगन र विश्वले अडान छाडेनन् : JCNEPAL MEDIA

मधेसमा उपसभामुखले बैठककाे लागि गरे आह्वान