सुकुमबासीहरुलाई खाधान्न तथा कम्बल वितरण गरे : जनकपुरियन लेडिज ग्रुप- JC NEPAL MEDIA

माघ ७,२०७९ जेसी नेपाल संवाददाता

जनकपुरधाम : जनकपुरियन लेडिज ग्रुप - द्वारा जनकपुरधाम वडा नं.१२ स्थिर्त सितलहरबाट प्रभाबित २२ घर परिवार सुकुमबासीहरुलाइ शनिवार खाधान्न तथा कम्बल वितरण गरिएको छ ।

सुकुमबासी घरपरिवारलाई चामल ,दाल, दालमुठ, साबुन,च्युरा,कम्बल,फलफुल लगायतका समाग्री वितरण गरिएको छ । उक्त बस्तीमा रहेका एक जना दृष्टिबिहिन महिलाको आखाको उपचार गराईदिने जनकपुरीयन लेडिज ग्रुपले बताएका छन ।

जनकपुरीयन लेडीज ग्रुपले आफु स्वयं सुकुमबासीहरु परिवारको समस्या प्रति सधै तत्पर रहेको र आगामी दिनमा पनि सधै तत्पर रहने प्रतिवद्धता जाहेर गरेका छन् । जनकपुरीयन लेडीज ग्रुपमा आवद्ध महिलाहरु विभिन्न पेशा, व्यवसाय, सामाजिक अभियन्ता एवं समाजसेवीको ग्रुप हो ।

यो ग्रुप हाल आधिकारीक नभए पनि समाजिक संजालको माध्यमबाट मेसेन्जर ग्रुपमा आवद्ध रहेर सामाजिक कार्य गर्न तत्पर रहेको र आगामी दिनमा बैधानिकताका साथ यस्ता सामाजिक कार्य गर्ने जनाएको छ ।

कार्यक्रममा जनकपुरीयन लेडिज ग्रुपमा आवद्ध रिङ्कु गायत्री मिश्र,निभा झा, ललिता लाभ,रुपा कर्ण, माला राय, दिपिका कार्की, आरति मण्डल,वरुणा कर्ण,रुपा कर्ण,अनिता बिश्वास,ज्योती झा, सिमा चौधरी लगायतका सदस्यहरुको सहभागिताको साथै पत्रकारहरु कुलदिप प्रेम, घनश्याम मिश्र,ध्रुब झा,राजन झा लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : माघ ७,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाकाेऔरही गाउँपालिकामा पु:नह यादवले प्रमुख प्रशासकीय अधिकृतकाे ठाउँ लिन सफल : JCNEPAL MEDIA

सिद्धार्थ बैंक, जनकपुर शाखाका प्रबन्धक प्रहरी नियन्त्रणमा -JCNEPAL MEDIA

स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी भण्डारी विजयी : बाजुरा JCNEPAL MEDIA

काठमाडौं महानगरपालिका १६ मा उपप्रधानमन्त्री सिंहले गरे मतदान : JCNEPAL MEDIA

धनुषाधाम नगरपालिका वाडा नं.१ मा वडाध्यक्ष पदका लागि मतदान जारी : JCNEPAL MEDIA

प्रमुख निर्वाचन आयुक्त :२९३ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान हुदै -JCNEPAL MEDIA