आज देशभर स्कुल,कलेज र समुदायमा माता सरस्वतीकाे पुजा गर्दै - JC NEPAL MEDIA

माघ १२,२०७९ जेसी नेपाल संवाददाता

काठमाडौं : आज देशभर विद्यार्थीहरू स्कुल,कलेज र समुदायमा माता सरस्वतीकाे सरद्धा पुर्वक पुजा अर्चना गर्दै छन । प्राचीन कालदेखि श्रीपञ्चमीकाे दिन माघमा सरस्वतीकाे पुजा गर्दै आइरहेका छन । सरस्वती विद्या कि दाता हुन भने जन अस्था रहेका छन । सदयाे देखि सरस्वती पुजा गर्दै आइरहेका छन ।

यसैगरी वसन्त पञ्चमीमा सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ । काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको थियो ।

ऋतु विज्ञानअनुसार चैत र वैशाखलाई शुद्ध वसन्त ऋतु मानिएको छ । तर पनि वासन्ती प्रकृतिको पूर्व रङ यसै दिनदेखि रूख तथा बिरुवाहरूमा नयाँनयाँ पालुवाहरू देखिने, मानिसहरूको मानसिक प्रकृति बदलिने, शिशिर ऋतुको भन्दा बेग्लै किसिमको हावा बहने र बाह्य वातावरणले समेत प्रमुदित रूप धारण गर्‍यो कि भन्ने भान पर्ने हुनाले यस दिनलाई वसन्त ऋतुको पहिलो दिन मानी वासन्तोत्सव गर्ने पनि परम्परा छ ।

यही कारणले गर्दा यस पर्वको अर्को नाम 'वसन्त पञ्चमी' रहेको हो । पुजाका दिन पुरहितहरूले तलकाे पाठकाे जाप गर्ने गर्छन

श्रीपञ्चमी/वसन्त पञ्चमी/सरस्वती पुजा को सबै मित्रहरूमा हार्दिक मंगलमय शुभकामना ! या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता, या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना। या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैस् सदा वन्दिता, सा मां पातु सरस्वती भगवती निस्शेषजाड्यापहा ।।१।। शुक्लां ब्रह्मविचारसारपरमाद्यां जगद्व्यापिनीं वीणा(पुस्तक(धारिणीमभयदां जाड्यांधकारपहाम्। हस्ते स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थितां वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्।।२।।

आज सरस्वती जीकाे मुर्ति वा फाटाे राखि पुजा गर्ने गर्छन । भाेलि मुर्तिलाई विसर्जन गर्ने पंचांगमा रहेकाे छ ।

प्रकाशित : माघ १२,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कक्षा ९ मा भरेको रजिस्ट्रेसन फाराम कक्षा १२ सम्म हुने - JC NEPAL MEDIA

मननीय रेखा यादवकाे कविताले साच्चिकै भावुक बनाउछ - JC NEPAL MEDIA

निमावि तहका लागि कोटाभन्दा ६४७ कम शिक्षक सिफारिस

आगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू हुने

समायोजन भएका ठुला विद्यालयलाई बस प्रदान गरिने

चुनावमा ३ दिन विद्यालय र २ दिन सरकारी बिदा