राराब क्याम्पसमा BBA परीक्षार्थी र क्याम्पस प्रशासनबीचकाे विवादले केही विद्यार्थी हरू परिक्षाबाट बन्चित : JCNEPAL MEDIA

बैशाख ०९,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : जनकपुरको राराब कलेज बिबिए ८औँ सेमेष्टरका परीक्षार्थीहरुले क्याम्पस प्रमुखविरुद्ध नाराबाजी गरेका छन् । त्रिभुवन विश्वविद्यालयको राराब कलेजमा नीजि सेक्टरबाट सँचालनमा रहेको बिबिएको ८औँ सेमेष्टरका परीक्षार्थीहरुले बुधबार राराब कलेजको गेटमा कलेज प्रमुखविरुद्ध नारावाजी गरेका हुन् ।

परीक्षा मर्यादित बनाउने प्रक्रिया अन्तर्गत मूल गेटमा बडीसर्च, मोबाईल निषेधसहित गरिएकै सिट प्लान अनुसार बस्नुपर्नेमा कडाई गरेपछि केही विद्यार्थीहरुले परीक्षा अवरोध गरेको क्याम्पस प्रमुख बसन्त लाल कर्णले जानकारी दिए । उनका अनुसार, बिहान ११ बजेदेखि सुरु हुने परीक्षामा गेटमै कडाई गरेपछि २४ जना परीक्षार्थीहरुले आफूविरुद्ध नारावाजी गर्दै चोरी गर्न पाउनुपर्ने अडान लिएको बताए । सोही अडानको कारण उनीहरुको परीक्षा समेत हुन नपाएको बताए ।

राराब कलेजमा तनाव उत्पन्न गर्ने परीक्षार्थीहरुको अभिभवकलाई बोलाएर ढिलो भएपनि परीक्षामा बस्न र सोही अनुसार समय व्यवस्थापन गरिदिने आग्रह गरेपनि नबस्दा उनीहरुको परीक्षा गयल भएको कर्णले बताए । केहीलाई अभिभावकले सम्झाएपछि उनीहरुले परीक्षा दिन तयार भएपनि केहीका अभिभावक नै सपोर्ट गरेपछि उनीहरुको परीक्षा छुटेको बताईएको छ । साँझ ५ बजेसम्म अभिभावक र विद्यार्थीलाई बोलाएर परीक्षामा बस्न विभिन्न तवरले आग्रह गरेपनि उनीहरु परीक्षा दिन तयार नभएको बताईएको छ । पछि केही विद्यार्थीहरु परीक्षा दिएर बाहिर निस्केपछि प्रश्नपत्र आउट भएपछि परीक्षा दिन नहुने स्थिति सृजना भएपछि बन्द गरिएको बताइएको छ ।

तर, विद्यार्थीहरूकाे भनाइ अर्कै रहेको छ । हाम्रो गार्जियनले लाखौं रूपिया खर्चे र एड्मिशन गराएकाे हुन्छ । क्याम्पस चिफले वर्षभरीमा अध्यन-अध्यापन राम्रो शिक्षकबाट गराउदै न तर परिक्षाकाे दिन वडिसर्चगर्ने वहानामा परिक्षार्थीहरूकाे मानसिक तनाव दिने गर्छन । गेटमा वडिसर्च गरेतापनि परिक्षाहलमा अनावश्यक चेकिङ् गर्ने गरेका छन । हामीले कलास चलिरहेको वेला क्याम्पस चिफलाई वेला-वेलामा कक्षा सम्बन्धि र शिक्षक सम्बन्धि गुनासो गर्दा पनि वस्ता नगरी वेवास्ता गर्दै आइरहेको हुन्छ । साथै वसन्त लालकर्ण कै कारणले आज केही विद्यार्थीहरू परीक्षा दिनबाट बन्चित भएका छन भने परिक्षार्थिहरूले आरोप लगाएका छन ।

क्याम्पस प्रमुख कर्णले विद्यार्थीहरू माथि आरोप लगाए, –“हामी धेर्रै बेरसम्म विद्यार्थीहरुलाई गुहार लगायौँ, उनीहरुको एउटै जिद्द थियो की परीक्षामा चोरी हुनुपर्छ, चिट चोर्न पाउनुपर्छ । उनीहरुले चाहेको रुममै सिट व्यवस्थापन गर्न पाउनुपर्छ भन्ने माग थियो । ११ बजेदेखि परीक्षा सुरु हुने थियो र १०ः३० मा यस्तो माग राख्दा सम्भव हुन्छ त ? दिनेले दियो, नदिनेले विरोध जनाउँदै बाहिरिए ।” उनले कलेजमा विद्यार्थीहरुले तोडफोड गरी ५० हजार बढीको क्षति पुरयाएको बताइएको छ । उनीहरुले सिसिटिभीको तार, स्लाईडिँगहरु तोडफोड गरेको बताईएको छ । स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरी बोलाएर स्थिति नियन्त्रणमा लिएको बताईएको छ ।

यता, केही परीक्षार्थीहरुले भने आफूहरुलाई व्यक्तिगत रिसवी साध्न खोेजेको भन्दै परीक्षा बहिष्कार गरेको प्रतिक्रिया दिएका छन् । उनीहरुले क्याम्पस प्रमुख कर्ण, सहायक प्रमुख बिनिता ठाकुरले विद्यार्थीहरु व्यक्तिगत रिसबी साध्ने व्यवहार गरेको भन्दै बष्हिकार गरेको बताएका छन् । क्याम्पस प्रशासनले परीक्षा मर्यादित र कडाई गरेपछि सुरुको परीक्षामा केही नबोली दोस्रो दिनको परीक्षामा ताण्डव गरेको आरोप लगाएका छन् भने विद्यार्थीहरुले परीक्षार्थीसँग विद्यार्थी आन्दोलन बेलाको रिसबी साध्न खोजेको आरोप लगाएका हुन् ।

विद्यार्थीहरूले भने , BBA ८औँ सेमेस्टर (Batch २०७८) का विद्यार्थीहरूले क्याम्पस प्रशासनप्रति गम्भीर असन्तुष्टि जनाउँदै सञ्चालन भइरहेका परीक्षाहरूको सामूहिक बहिष्कार गरेका छन्। विद्यार्थीहरूले क्याम्पस व्यवस्थापन तथा नेतृत्वमा अनियमितता देखिएको आरोप लगाउँदै, आवाज उठाउँदा विशेषगरी परीक्षा जस्तो संवेदनशील समयमा आफूहरूलाई लक्षित गर्दै मानसिक दबाब तथा यातना दिने प्रयास भएको बताएका छन्। उनीहरूका अनुसार यस्ता गतिविधि बदला लिने मानसिकताबाट प्रेरित छन्, जसले शैक्षिक वातावरणलाई अस्वस्थ बनाएको छ। यस परिस्थितिको विरोधस्वरूप सम्पूर्ण ८औँ सेमेस्टरका विद्यार्थीहरूले परीक्षा बहिष्कार गरेको जनाइएको छ।

उनीहरूले परीक्षा निष्पक्ष र सुरक्षित वातावरणमा सञ्चालन गर्नुपर्ने माग राख्दै ‘External’ वा सम्बन्धित विभाग प्रमुख (HOD) को निगरानीमा परीक्षा सञ्चालन गर्नुपर्ने बताएका छन्। विद्यार्थीहरूले क्याम्पस प्रमुखमाथि नियुक्ति भएदेखि नै विद्यार्थीका समस्याहरूलाई बेवास्ता गर्ने, अपमानजनक व्यवहार गर्ने तथा जिम्मेवारीप्रति लापरवाही देखाउने आरोप पनि लगाएका छन्। परीक्षा जस्तो महत्वपूर्ण समयमा बदला लिने प्रवृत्ति देखिएको भन्दै उनीहरूले यसलाई दुःखद र आपत्तिजनक भनेका छन्। विद्यार्थीहरूले सम्बन्धित निकायसँग निष्पक्ष, मर्यादित तथा सुरक्षित परीक्षा वातावरण सुनिश्चित गर्न माग गर्दै यस्ता गतिविधिप्रति घोर भर्त्सना व्यक्त गरेका छन्।

प्रकाशित : बैशाख ०९,२०८३        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा बर्दिवासका बालबालिकासहित १६ जना बन्धक बनाएर राखिएकाहरूलाई उद्धार गरी घर फर्काईयो ; JCNEPALMEDIA

२६ वर्षीय युवकले जब अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत गरे किर्ते : JCNEPALMEDIA

मधेश स्वास्थ्य निर्देशनालयमा ‘ब्रहमलुट’ भएको घटना बाहिरए, स्पेशिफिकेशन तोकेर सबैभन्दा बढी रकमको ठेक्का कवुल : JCNEPALMEDIA

प्रतिनिधिसभाको बैठक आज पनि बस्ने कार्यसूची

सिरहाको रास्वपा जिल्ला अधिवेशनमा कुटाकुट, नेतृत्व चयन प्रक्रिया स्थगित : JCNEPALMEDIA

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA