नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम प्रदेश सम्मेलन

१७ मंशिर २०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : लुम्बिनी प्रदेश काँग्रेस सभापतिकाे अध्यक्षतामा भएका कार्यक्रममा नेपाली कांग्रेसका नेताहरूले नै सभापति शेरबहादुर देउवालाई फेरि प्रधानमन्त्रीको दौडमा नलाग्न सुझाव दिएका छन् । शनिबार लुम्बिनी प्रदेशको पहिलो सम्मेलनमा भाग लिन सभापति देउवासँगै बुटवल पुगेका नेताहरूले सभापति देउवालाई सार्वजनिक मञ्चबाटै अब फेरि प्रधानमन्त्री बन्ने दौडमा नलाग्न आग्रह गरेका हुन् ।

जनताको राय

६ वर्षपछि सरकारलाई हस्तान्तरण गर्नुपर्ने भएकाले अहिले बदलिँदो राजनीतिक परिस्थिति र मुलुकको अवस्थालाई लिएर पनि सभापति देउवाले मार्गप्रशस्त गर्नु उपयुक्त हुने उनीहरूको भनाइ छ । नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य चन्द्र भण्डारी लगायत नेताहरूले लुम्बिनी सम्मेलनको मञ्चमा सभापति देउवाले पार्टीमा मार्गप्रशस्त गर्नु उपयुक्त हुने सुझाव राखे ।

तर देउवा आफैँले भने अहिले आफू भाषणभन्दा बढी काम गर्ने गरी अघि बढेको उद्घोष गरे । संसद्को सबैभन्दा ठूलो दलको नेतृत्वमा रहेका देउवा भने छैटौँ पटक प्रधानमन्त्री बन्ने मौका बनाउने ध्यानमा छन् । वर्तमान सत्ता गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालपछि देउवा प्रधानमन्त्री बन्ने सहमति पहिल्यै भइसकेको छ ।

यस्तोमा कांग्रेसकै शीर्ष नेता र पदाधिकारीहरू भने देउवालाई प्रधानमन्त्री हुनबाट रोक्न सार्वजनिक रुपमै खुलेका छन् । यसअघि पार्टीभित्र आन्तरिक जोडघटाऊ गरिरहेका नेताहरूले शनिबार सार्वजनिक मञ्चबाटै देउवाले अब पार्टी र मुलुकका लागि समेत मार्ग प्रशस्त गर्नु उपयुक्त हुने भन्दै नैतिक दबाब बढाएका छन् ।

देउवालाई लक्षित गर्दै सम्मेलनमा नेता शेखर कोइरालाले नेतृत्वमा त्यागको भावना विकास नभएसम्म पार्टी र देश परिवर्तन हुन नसक्ने बताए । त्यागको ठूलो महत्त्व छ, बुद्धले शान्ति र त्यागको कुरा भण्डारीपछि लगत्तै बोलेका सभापति देउवाले भने आफू अहिले गफभन्दा बढी काम गर्नेमा केन्द्रित भएको बताएका थिए । चन्द्र भण्डारीजीले भनिसक्नुभयो, पार्टी एकताबद्ध भएन, राम्रो काम भएन : देउवाले अघि भने । पार्टी भाषणले चल्दैन, अब तपाईंको पालो आउँदैछ, राम्रो बनाउनु होला, भाषणअनुसार काम पनि गर्नुहोला ।उनले आफू कम बोल्ने तर काम बढी गर्ने नेता भएको पनि दाबी गरे ।

म त कम बोल्ने मान्छे हुँ, थाहै छ: उनले भने । कम बोल्ने, धेरै काम गर्ने विचार छ, हेरौं के हुन्छ । देउवाले नेता कोइराला र महामन्त्रीद्वय भन्दा अगाडि नै बोलेर काठमाडौं फर्किएका थिए । सम्मेलनमा बोल्ने अधिकांश नेताहरूले बद्लिँदो राजनीतिक परिस्थितिअनुकुल नेतृत्व र कामहरू हुन नसकेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित : मंसिर १७, २०८०   ०६:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मतदाता कार्डमा तस्वीर र नाम फरक भेटाउदा जउबासंघ निर्वाचन शंकाकाे घेरामा JCNEPAL_MEDIA

मधेश प्रदेशमा अर्थसहित चार मन्त्रालय कांग्रेस र एक मंत्रालय लाेेसपाले पदभार गरे ग्रहण JCNEPAL_MEDIA

आज चार बजे प्रतिनिधिसभा बैठक बस्दै JCNEPAL_MEDIA

एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ सरकारकाे मंत्री छनाैटमा व्यस्तJCNEPAL_MEDIA

सहकारी ठगीमा संलग्न प्रत्येकको हिसाब माग्ने महामन्त्री थापाको भनाइ : संसदीय विशेष समिति

सत्ता गठबन्धनलाई परास्त गर्न मधेसमा देउवाको ‘माधव कार्ड’