किन बिहेकै भोलिपल्ट श्रीमती कुटे मोटिभेसनल स्पिकर विवेक बिन्द्रा : भारत

पुष ८, २०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : भारतका चर्चित मोटिभेसनल स्पिकर विवेक बिन्द्राले आफ्नी नव विवाहित पत्नीलाई निर्घात कुटेका छन् । बिहेको भोलिपल्टै श्रीमतीमाथि कुटपिट गरेर घाइते बनाएको विषयमा प्रहरीमा एफआइआर दर्ता भएको छ । नोएडाका डीसीपी हरिशचन्द्रले बीबीसीसँग कुरा गर्दै यसको पुष्टि गरेका छन् । यद्यपि यस घटनामा संलग्न कसैलाई पनि पक्राउ गरिएको छैन । घटनासँग सम्बन्धित धेरै भिडियोहरू सामाजिक सञ्जालमा पनि शेयर भइरहेका छन् ।

नोएडा प्रहरीले यी भिडियोहरूको पनि अनुसन्धान भइरहेको जनाएको छ। विवेक बिन्द्राले हालै बिहे गरेका थिए। विवेक बिन्द्राले ६ डिसेम्बरमा विवाह गरेका थिए । श्रीमतीमाथि कुटपिटको यो घटना डिसेम्बर ७ तारिखको भएको बताइएको छ । श्रीमतीसँगको झगडाको भिडियो पनि सामाजिक सञ्जालमा शेयर भइरहेको छ ।

यी भिडियोबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार बिन्द्राबाट यी आरोपबारे अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। विवेक बिन्द्रा एक प्रसिद्ध युट्युबर र एक ठुलो व्यापारको सीईओ हुन् । पछिल्लो समय बिन्द्रा जातीय टिप्पणीलाई लिएर पनि विवादमा छन् ।

प्रकाशित : पुष ८, २०८० ०१:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

श्री राधाकृष्ण सार्वजनि पुस्तकालयको बैठकमा फर्जी हस्ताक्षर गरिएको आरोप : JCNEPALMEDIA

कांग्रेस संस्थापन पक्षको निष्कर्ष ; विशेष महाधिवेशनको औचित्य समाप्त, महाधिवेशन प्रतिनिधिहरू काठमाडौं नआउनु पर्ने JCNEPALMEDIA

कांग्रेस पार्टीको विशेष महाधिवेशन वर्तमान समयको माग र निर्विकल्प समाधान : विजय चाैधरी JCNEPALMEDIA

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि दिउँसो १ बजे बस्दै : JCNEPAL MEDIA

कार्यवाहक सभापति मात्र नामकै, गगण थापाको भनाइ ; सबै शक्ति देउवकै हातमा JCNEPAL MEDIA

नेपाली कांग्रेसका देउवा, गगनसहित २४ सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको विपक्षमा : JCNEPAL MEDIA