मुख्यमन्त्रीहरु संघविरुद्ध आन्दोलनमा जाने : सातै प्रदेश

पुष १२, २०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : सातै प्रदेशका मुख्यमन्त्रीहरु संघविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन । संघीय सरकारले प्रदेश सरकारलाई असहयोग गरेको भन्दै सातै प्रदेशका मुख्यमन्त्रीहरुले दबाब दिने भएका छन् ।

बागमती प्रदेशको राजधानी हेटौँडामा बिहीबार हुने भेलाले संघीय सरकारलाई दबाब दिने निर्णय गर्ने बताइएको छ । गत असार १५ र १६ गते पोखरामा भएको मुख्यमन्त्रीहरुको अन्तर प्रदेश बैठकले ६ महिनाभित्र संघले प्रदेशलाई प्रत्यायोजन गर्नुपर्ने सम्पूर्ण अधिकार प्रत्यायोजन गरिसक्नुपर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको राष्ट्रिय समन्वय परिषदको बैठकमा भएका निर्णय कार्यान्वयनको समय गुज्रिन लाग्दा पनि संघले तदारुकता नदेखाएपछि समयससिमा सकिन २ दिन बाँकी रहँदै मुख्यमन्त्रीहरुको हेटौँडामा भेला हुने भएको छ ।

बिहिवार हुने भेलाको सम्पूर्ण तयारी पुरा भैसकेको बागमती प्रदेश मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रकाशित : पुष १२,२०८० ०४:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA

बालेनले उल्ट्याए सुशीला कार्कीको निर्णय,कानुनमन्त्री साेविता संसदमा टेबुल गर्ने : JCNEPALMEDIA