मुख्यमन्त्रीहरु संघविरुद्ध आन्दोलनमा जाने : सातै प्रदेश

पुष १२, २०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : सातै प्रदेशका मुख्यमन्त्रीहरु संघविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन । संघीय सरकारले प्रदेश सरकारलाई असहयोग गरेको भन्दै सातै प्रदेशका मुख्यमन्त्रीहरुले दबाब दिने भएका छन् ।

बागमती प्रदेशको राजधानी हेटौँडामा बिहीबार हुने भेलाले संघीय सरकारलाई दबाब दिने निर्णय गर्ने बताइएको छ । गत असार १५ र १६ गते पोखरामा भएको मुख्यमन्त्रीहरुको अन्तर प्रदेश बैठकले ६ महिनाभित्र संघले प्रदेशलाई प्रत्यायोजन गर्नुपर्ने सम्पूर्ण अधिकार प्रत्यायोजन गरिसक्नुपर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको राष्ट्रिय समन्वय परिषदको बैठकमा भएका निर्णय कार्यान्वयनको समय गुज्रिन लाग्दा पनि संघले तदारुकता नदेखाएपछि समयससिमा सकिन २ दिन बाँकी रहँदै मुख्यमन्त्रीहरुको हेटौँडामा भेला हुने भएको छ ।

बिहिवार हुने भेलाको सम्पूर्ण तयारी पुरा भैसकेको बागमती प्रदेश मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रकाशित : पुष १२,२०८० ०४:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

चुनावी सरकारका गृहमन्त्रीलाई ‘गुमराह’मा राखेर एसपी सरुवा, महत्वपूर्ण जिल्लामा ओलीकाे छायाँ : JCNEPAL MEDIA

प्रधानमन्त्री कार्कीद्वारा संसद बिघटनको लागि सिफारिस : JCNEPAL MEDIA

कार्कीलाई प्रधानमन्त्री बनाउन सर्वपक्षीय समझदारी भए पनि संसद् विघटनको विषयले टुंगो लागेन : JCNEPAL MEDIA

सेनाको सुरक्षा घेरामा राष्ट्रपति, प्रधानमन्त्री, अन्तरिम सरकारमा बालेन्द्र-बाबुरामको चर्चा : JCNEPAL MEDIA

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध विरोध प्रदर्शन : काठमाडौंJCNEPAL MEDIA

जनकपुरमा प्रहरी र स्थानीय बीच झडप, गोली लागेर एकजना घाइते : JCNEPAL MEDIA