तामाकोशी गाउँपालिकाले तामाकोशी रोजगार कार्यक्रमका लागि ८० लाख बजेट, कार्यविधि बनाएर संचालन गरिने, पालिकाको केन्द्र अझै टुङ्गो लागेन ।

दिपक बस्नेत



असार २५, तामाकोशी ।


तामाकोशी गाउँपालिकाको नवौं गाउँ सभाको दोस्रो बैठकले अनुमानित कुल ७१ करोड ५२ लाख ६४ हजार ४३ रुपयाँको बजेट पारित गरेको छ ।
आज बसेको बैठकले आर्थिक बर्ष २०७८÷७९ को अनुमानित कुल बजेट सर्वसम्मत पारित गरेको हो । तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले प्रस्तुत गर्नु भएको बजेटमा पालिका भित्रका जनप्रतिनिधिहरुबाट पारित भएको छ । तामाकोशी गाउँपालिकाले तामाकोशी रोजगार कार्यक्रमका लागि ८० लाख बजेट विनियोजन गरेको छ । आजको बैठकमा पालिकाले कोभिड १९ को महामरीमा पनि सक्रिय रुपमा जनताको जीवन रक्षाका लागि लगनशील, इमान्दार र कर्तव्यनिष्ठ भइ कोभिड १९ संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारमा सक्रिय योगदान पु¥याउनुका साथै गाउँपालिकाको समग्र स्वास्थ्य क्षेत्रको सुधार तथा सुदृढीकरणमा उल्लेखनीय योगदान प¥याएको कार्यलाई उच्च मुल्याङ्कन गर्दै तामाकोशी गाउँपालिकाले स्वास्थ्य शाखा प्रमुख अरुण कुमार मिश्रलाई सम्मान गरेको छ । गाउँपालिकाले प्रशासन अधिकृत सृष्टि के. सी. स्वास्थ्य कर्मी र अन्य क्षेत्रमा उत्कृष्ट काम गर्र्नेे अन्य कार्मचारीलाई पनि सम्मान गरेको छ । आजको बैठकमा पालिकाका अन्य सदस्यले बजेटबारेमा सल्लाह, सुझाव दिएका थिए । बैठकमा पालिकाको केन्द्रको विषयमा प्रस्ताव गरिएता पनि स्थान टुङ्गो लाग्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

वाडा अध्यक्षले गरे जीउँदै महिलाको मृत्यु प्रमाणपत्रकाे लागि सिफारिस JCNEPAL_MEDIA

शिक्षिकालाई यौन प्रश्ताव राख्ने कानेपोखरीका शिक्षा अधिकृत कार्यालय छोडेर भागे : विराटनगर

जनकपुर उपमहानगरपालिकाकाे लपर्बाही चरम सिमामा पुगे

सुकुमबासीहरुलाई खाधान्न तथा कम्बल वितरण गरे : जनकपुरियन लेडिज ग्रुप- JC NEPAL MEDIA

मुख्यमन्त्रीमा दोहोरिने लालबाबुको प्रयास असफल, जसपा संसदीय दलको नेतामा सरोज सर्वसम्मत

खानेपानी संस्थानको विज्ञापन नतिजा १२ वर्षपछि प्रकाशित