कांग्रेस बैठकमा मन्त्रीहरूले पेस गरे कार्यप्रगति

पुष १४,२०८०/ जेसी नेपाल संवाददाता

काठमाडौं : नेपाली कांग्रेसबाट संघीय सरकारमा मन्त्री रहेका नेताहरूले शुक्रबार पार्टीको बैठकमा कार्यप्रगति विवरण पेस गरेका छन् । बिहीबारदेखि बसेको केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रबार पाँच जना मन्त्रीहरूले सरकारमा सहभागी भएपछि अहिलेसम्म गरेको कामको फेहरिस्त पेस गरेका हुन् ।

अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, सहरी विकासमन्त्री सीता गुरुङ, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सरकारमा सहभागी भएपछि अहिलेसम्म गरेका कामको प्रगतिबारे पार्टीलाई जानकारी गराएका हुन् । बिहीबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सरकारमा

आफूले गरेका कामबारे जानकारी गराएका थिए । अब उद्योगमन्त्री रमेश रिजाल, उपसभापति एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र उपसभापति एवम् कानुनमन्त्री धनराज गुरुङले सरकारमा बसेर गरेका कामबारे जानकारी गराउन बाँकी छ । बैठकमा नेताहरुले सरकारले एक वर्षसम्म काम गर्दा जनतामा आशा जगाउन नसकेको गुनासो गरिरहेका छन् ।

शुक्रबारको बैठकमा ४० जना केन्द्रीय सदस्य र केही प्रदेश सभापतिहरूले धारणा राखेका छन् । अर्को बैठक शनिबार दिउँसो साढे १२ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित : पुस १४, २०८० ०६:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA