कांग्रेस बैठकमा मन्त्रीहरूले पेस गरे कार्यप्रगति

पुष १४,२०८०/ जेसी नेपाल संवाददाता

काठमाडौं : नेपाली कांग्रेसबाट संघीय सरकारमा मन्त्री रहेका नेताहरूले शुक्रबार पार्टीको बैठकमा कार्यप्रगति विवरण पेस गरेका छन् । बिहीबारदेखि बसेको केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रबार पाँच जना मन्त्रीहरूले सरकारमा सहभागी भएपछि अहिलेसम्म गरेको कामको फेहरिस्त पेस गरेका हुन् ।

अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, सहरी विकासमन्त्री सीता गुरुङ, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सरकारमा सहभागी भएपछि अहिलेसम्म गरेका कामको प्रगतिबारे पार्टीलाई जानकारी गराएका हुन् । बिहीबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सरकारमा

आफूले गरेका कामबारे जानकारी गराएका थिए । अब उद्योगमन्त्री रमेश रिजाल, उपसभापति एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र उपसभापति एवम् कानुनमन्त्री धनराज गुरुङले सरकारमा बसेर गरेका कामबारे जानकारी गराउन बाँकी छ । बैठकमा नेताहरुले सरकारले एक वर्षसम्म काम गर्दा जनतामा आशा जगाउन नसकेको गुनासो गरिरहेका छन् ।

शुक्रबारको बैठकमा ४० जना केन्द्रीय सदस्य र केही प्रदेश सभापतिहरूले धारणा राखेका छन् । अर्को बैठक शनिबार दिउँसो साढे १२ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित : पुस १४, २०८० ०६:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

शिक्षकलाई पूर्वमन्त्री झाक्रीकाे सुझाव : आन्दोलनमा रमिता बढी भयो, सरकार र संसदलाई विश्वास गरेर घर फर्कनुस् JCNEPAL MEDIA

प्रचण्ड प्रस्तावसँगै कांग्रेसमा बदलियो माहौल भन्छ हेर र पर्ख : JCNEPAL MEDIA

योगीकाे बारे देउवाले बाेलेकाे गरे खण्डन भन्छन्,गलत सूचनाका आधारमा बोलेके छु : JCNEPAL MEDIA

मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णयमा सरकार तयार : शिक्षक आन्दोलन JCNEPAL MEDIA

जनकपुरको गँगासागरमा काँग्रेसका दिवगंत नेताको शालिक बनाउन खोज्दा अन्य पार्टीको विरोध : JCNEPAL MEDIA

वैशाख २१ सम्म हाम्रा साथीहरू रिहा नभए २२ गते सामूहिक गिरफ्तारी दिन्छौं : डा. जगमान गुरुङ JCNEPAL MEDIA