सभामुख सापकोटा र उर्जा मन्त्री बीच छलफल

२०७८ साउन २२

सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र मा. ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालबीच आज छलफल भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफल सदनलाई प्रभावकारी बनाउने लगायतका विषयमा केन्द्रीत रहेको थियो । सभामुख सापकोटा र मन्त्री भुसालबीच मौसमजन्य विपत्तिले देशभरका नदी तटीय क्षेत्रमा भएको क्षति र नदी कटान नियन्त्रणका विषयमा कुराकानी भएको छ ।

मौसम सुरु भए लगत्तै सिन्धुपाल्चोक, मनाङ् लगायतका जिल्लामा बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको छ । उहाँहरुबीच मनसुन जारी रहेकोले सिन्धुपाल्चोक लगायतका बाढी प्रभावित जिल्लामा नदी कटान नियन्त्रणका लागि सरकारी प्राथमिकताका विषयमा पनि छलफल भएको छ । सिन्धुपाल्चोकका मेलम्ची, इन्द्रावती, ब्रम्हायणी र भोटेकोशी नदी तटीय क्षेत्रमा बसोबास गर्ने ठूलो जनसंख्या यसबर्षको अप्रत्याशित बाढी पहिरोका कारण विस्थापित भएको छ ।

सभामुख सापकोटाले संसदको चालु अधिवेशनलाई गतिशील बनाउने सम्बन्धमा यसअघि गृह मन्त्री बालकृष्ण खाण, अर्थ मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’सँग छलफल गरिसक्नु भएको छ । सभामुख र कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीबीच पनि यसै विषयमा नियमित छलफल हुँदै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एमाले महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन, मतदान साँझ ७ बजेबाट शुरू हुने : JCNEPAL MEDIA

प्रदेशसभा बैठक बुधबार ८ बजेका लागि बोलाइयो : मधेस प्रदेश JCNEPAL MEDIA

जनकपुरधाममा समाजवादी युवा संघको प्रदेशस्तरीय युवा नेतृत्व सशक्तीकरण सम्मेलन सम्पन्न : JCNEPAL MEDIA

महाधिवेशनको एजेन्डामा कांग्रेस संस्थापन पक्षमै दुई भाग : JCNEPAL MEDIA

महाधिवेशनमा टुटिरहेकाे काँग्रेस , देउवा पछिहटेनन् ,गगन र विश्वले अडान छाडेनन् : JCNEPAL MEDIA

मधेसमा उपसभामुखले बैठककाे लागि गरे आह्वान