लागुऔषध गाँजा सहित तीन जना पक्राउ : बारा #JC_NEPAL_MEDIA

हाशिम नदाफ / बारा

बारामा ८ किलो लागु औषध गाँजा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका-९ बैरिया टोल बस्ने बर्ष २७ को अरुण मिया अंसारी , सोही ठाउँ बस्ने बर्ष ३२ को अरुण बिजय प्रशाद कलवार, बहुदरमाई नगरपालिका वडा नं.२ बस्ने बर्ष २५ को अरुण मिया अंसारी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय परवानीपुरबाट खटिएको प्रहरी टोलीले परवानीपुर गाँउपालिका वडा नं. ४ चैनपुर स्थित हेटौडाबाट विरगंजतर्फ जाँदै गरेको भे १ ज १२०४ नं. को हाईसलाई रोकी चेक जाँच गर्दा लागु औषध बरामद भएको बाराका प्रहरी प्रब्क्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

उनका अनुसार बरामद भएको ८ किलो लागु औषध गाँजा सहित तिनै जनालाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको छ ।

प्रकाशित : माघ २७,२०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA