एसइइ परिक्षा बरकुर्वाकाे सेन्टर विवाद सम्पन्न

चैत्र १२, २०८०/ जेसी नेपाल सम्वाददाता

धनुषा : एसइइ परिक्षा बरकुर्वाकाे सेन्टर र केन्द्राध्यक्ष काे विवाद सम्पन्न भएको छ । शिक्षक संघमा आबद्ध प्रअ बैजु साह विवादित भएकोले संयुक्त शिक्षक माेर्चा केन्द्राअध्यक्ष बाट हटाउनु पर्ने माँग थियोे ।

तर , शिक्षक संघले त्यही बैजु साहलाई केन्द्राध्यक्ष बनाई बरकुर्वा नै सेन्टर राख्नु पर्ने अडानले गर्दा विवाद भएको थियो । साथै , शिक्षक संघले एसइइ परीक्षा बहिष्कार गर्ने चेतावनी सहितको विज्ञप्ति समेत निकालेका थिए । दुबै ,पक्षले शिक्षा समिति र प्रमुख जिल्ला अधिकारी सम्म डेलिगेशन आलो- पालो गरेर धाइरहेका थिए ।

तर, शिक्षा समितिले विवादित सेन्टरलाई एक बर्षका लागि ठिला स्कुलमा सारेको निर्णय गरेकाे हुदा शिक्षक संघकाे माँगलाई सम्वाेधन गर्न सकेन । साथै , दुबै पक्षलाई समन्वय धनुषा प्रमुख जिल्ला अधिकारीले गराएर ठिला सेन्टर नै कायम गराएका थिए ।

यस निर्णयमा शिक्षक संघ र संयुक्त शिक्षक माेर्चाकाे जित भएको बुझिन्छ , किनकि दुबै पक्ष शिक्षक र विद्यार्थीकाे हकहितकालागि संगठनकाे रूपमा काम गरिरहेका छन । शिक्षा समितिले विद्यार्थीहरूकाे पाइक पर्ने ठाउमा नै एसइइकाे सेन्टर सारिएको छ ।

प्रकाशित : चैत्र ११,२०८० ०५: १५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

श्री राधाकृष्ण सार्वजनि पुस्तकालयको बैठकमा फर्जी हस्ताक्षर गरिएको आरोप : JCNEPALMEDIA

कांग्रेस संस्थापन पक्षको निष्कर्ष ; विशेष महाधिवेशनको औचित्य समाप्त, महाधिवेशन प्रतिनिधिहरू काठमाडौं नआउनु पर्ने JCNEPALMEDIA

कांग्रेस पार्टीको विशेष महाधिवेशन वर्तमान समयको माग र निर्विकल्प समाधान : विजय चाैधरी JCNEPALMEDIA

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि दिउँसो १ बजे बस्दै : JCNEPAL MEDIA

कार्यवाहक सभापति मात्र नामकै, गगण थापाको भनाइ ; सबै शक्ति देउवकै हातमा JCNEPAL MEDIA

नेपाली कांग्रेसका देउवा, गगनसहित २४ सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको विपक्षमा : JCNEPAL MEDIA