सिन्धुलीमा एन सेल टावरमा विस्फोट

चैत्र २९,२०८०/ जेसी नेपाल संवाददाता

काठमाडौं : सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको छ । बुधबार राति करिब १ बजेतिर विस्फोट भएको प्रहरीले जनाएको छ ।

विस्फोटबाट टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी विनोद शर्माले जानकारी दिए ।

विस्फोट गरिएको ठाउँ वरपर जनमुक्ति सेना नेपालको पर्चा भेटिएको एसपी शर्माले बताए । विस्फोट गर्नेहरू अहिलेसम्म पक्राउ परेका छैनन् ।

यसअघि २ चैतमा पनि सिन्धुलीकै सुनकोशी गाउँपालिका–१ दुम्जामा नेपाल टेलिकमको टावरमा विस्फोट भएको थियो ।

प्रकाशित : चैत्र २९,२०८० १२:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि दिउँसो १ बजे बस्दै : JCNEPAL MEDIA

कार्यवाहक सभापति मात्र नामकै, गगण थापाको भनाइ ; सबै शक्ति देउवकै हातमा JCNEPAL MEDIA

नेपाली कांग्रेसका देउवा, गगनसहित २४ सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको विपक्षमा : JCNEPAL MEDIA

प्रदेशसभा सदस्य पदमा चुनाव लडेका संतोष यादव चार वर्षपछि पुनःह काँग्रेसमा फर्किए : JCNEPAL MEDIA

धनुषा निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा चुनावका लागि कांग्रेसभित्र उम्मेदवार चयनमा दाेह्राे सिफारिस : JCNEPAL MEDIA

एमाले महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन, मतदान साँझ ७ बजेबाट शुरू हुने : JCNEPAL MEDIA