सत्ता गठबन्धनलाई परास्त गर्न मधेसमा देउवाको ‘माधव कार्ड’

१७,२०/ जेसी नेपाल मिडिया

छता र एकीकृत समाजवादीबिच मधेस सरकारबारे संवाद भएको छ । अहिले मधेस प्रदेशमा जसपा नेपालका सरोज यादवको नेतृत्वमा सरकार छ । जसपा नेपाल केन्द्रीय गठबन्धनबाट बाहिरिएपछि एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिँदा यादव नेतृत्वको सरकार अल्पमतमा छ । सत्तारुढ एकीकृत समाजवादीलाई साथमा लिन सक्दा मधेसमा वैकल्पिक गठबन्धनको सरकार बन्ने देखिएपछि कांग्रेस अग्रसर भएको छ ।

मधेसमा वैकल्पिक गठबन्धन निर्माणका लागि एकीकृत समाजवादी पनि सकारात्मक देखिन्छ । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको साथमा बुधबार विपक्षी दलहरूसँगको छलफलमा सहभागी एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरी मधेसमा फरक ढङ्गले अगाडि बढ्ने बताउँछन् । सबै प्रदेश सरकार राजनीतिक गोलचक्करमा फसेको भन्दै उनले अहिलेको अवस्थामा आफ्नो पार्टी मधेस प्रदेशको वर्तमान सरकारकै पक्षमा उभिने प्रस्ट पारे । ‘

मधेस प्रदेशलाई पनि अरू प्रदेशजस्तै राजनीतिक गोलचक्करमा फसाउने कि त्यहाँबाट स्थायित्व सुरु गरेर मुलुकको राजनीतिलाई व्यवस्थापन गर्ने ?,’ उनको प्रश्न छ, ‘त्यसैले हामी मधेस प्रदेशको सरकारमै छौँ । यो सरकारलाई कसरी जोगाउने, कसरी स्थायित्व दिने, कसरी अरू प्रदेशजस्तै गोलचक्करमा फस्न नदिनेबारे हिजो (बुधबार) बुढानीलकण्ठमा छलफल भएको हो ।’ एकीकृत समाजवादी मधेस प्रदेश सरकारमै रहेकाले विपक्षमा नजाने चौधरीले जिकिर गरे । ‘मधेस प्रदेशमा सरोज यादवको पक्षमा बहुमत पुग्छ । जेठ २२ गते विश्वासको मत लिने तयारी छ । हामी सरकारमै रहेकाले पनि सरकारको विपक्षमा उभिँदैनौँ,’ उनले भने । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने केन्द्रको सत्ता गठबन्धनभन्दा बाहिर जान नहुने पक्षमा छन् । बुधबार अध्यक्ष माधव नेपाल विपक्षी गठबन्धनको बैठकमा सहभागी भएपछि खनाल बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न पुगेका थिए 

अध्यक्ष नेपाल देउवा निवास पुगेकोमा असन्तुष्ट खनालले एकीकृत समाजवादी मधेस प्रदेशमा पनि केन्द्रको सत्ता गठबन्धन अनुसार अगाडि बढ्ने विश्वास प्रधानमन्त्रीलाई दिलाएका थिए । यद्यपि एमाले र माओवादीले समर्थन फिर्ता लिए पनि एकीकृत समाजवादीले हालसम्म जसपा नेपाल नेतृत्वको सरकार छाडेको छैन । एकीकृत समाजवादीबाट गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी र बेची लुंगेली श्रम तथा यातायात मन्त्री छिन् । १०७ सदस्य प्रदेश सभामा सरकार जोगिन कम्तीमा ५४ मत आवश्यक हुन्छ । मधेस प्रदेश सभामा जसपा नेपालसँग १९ सांसद छन् । विभाजित जसपाको पक्षमा सांसदहरू खुलिसकेका छैनन् । कांग्रेसका २२, एकीकृत समाजवादीका ७, लोकतान्त्रिक समाजवादी पार्टीका ८ सांसदको समर्थन पाउँदा सरकार जोगिनेमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव विश्वस्त देखिन्छन् । विपक्षी राप्रपा २ र स्वतन्त्र १ जना सांसदको पनि समर्थन पाउने उनको विश्वास छ ।

अध्यक्ष यादवले रातोपाटीसँग भने, ‘हामी चार दल (कांग्रेस, लोसपा, एकीकृत समाजवादी र जसपा नेपाल) एक ठाउँमा छौँ । एक भएर अगाडि बढ्ने कुरा भएको छ ।’ बुधबार देउवा निवासमा भएको छलफलपछि मधेस प्रदेशमा नयाँ ढङ्गले अगाडि बढ्न चार दल सहमत भएको उनको भनाइ छ । ‘मधेस प्रदेश सरकारले विश्वासको मत पाउने कुरामा शङ्का छैन,’ उनले भने, ‘मधेस प्रदेशबाट नयाँ खालको समझदारी निर्माण भएर मुलुकको राजनीति अगाडि बढ्छ ।’ कांग्रेस महामन्त्री गगन थापाले मधेस प्रदेश सरकारबारे एकीकृत समाजवादीले निर्णय गरेपछि बाँकी कुरा अगाडि बढ्ने बताए । ‘हिजो (बुधबार) मधेस सरकारबारे कुरा भएको हो । सरकार जोगाउने वा नयाँ बनाउने भन्नेमा पहिला माधव नेपालजीको पार्टीले निर्णय गर्नुपर्‍यो ।

हिजो उहाँले (माधव नेपाल) पार्टीबाट निर्णय गरेर आउँछु भन्नुभएको छ । उहाँको निर्णयपछि बाँकी कुरा अगाडि बढ्छ ।’ मधेस प्रदेशमा वर्तमान सरकार जोगिन माधव नेपालको निर्णय प्रमुख रहने थापाको भनाइ छ । ‘माधव नेपालको निर्णय आएपछि सरकारको नेतृत्वबारे छलफल गरौँला भनेर हिजो हामी छुट्टिएका हौँ,’ उनले भने । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विपक्षी गठबन्धनको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरङ्ग पैदा भएको छ । एकीकृत समाजवादी विपक्षी गठबन्धनसँग मिल्दा बागमती र सुदूरपश्चिममा केन्द्रको सत्ता गठबन्धनविरुद्धको सरकार बन्छ ।

बागमतीमा एमालेसँग २७, माओवादीसँग २१ र एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरी ५७ सांसदको समर्थन मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई छ । एकीकृत समाजवादीले साथ छोड्दा प्रदेश सरकार अल्पमतमा पर्छ । एकीकृत समाजवादीले समर्थन फिर्ता लिँदा जम्कट्टेलले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

 जउनले विश्वासको मत पाउन नक्दा प्रदेश सभाको पहिलो दलको हैसियतले कांग्रेसको नेतृत्वमा सरकार बन्ने परिस्थिति बन्छ । नयाँ सरकार बनाउन कांग्रेससँग ३७, राप्रपाका १३ (सभामुखसहित) र एकीकृत समाजवादीका ७ सांसद एक ठाउँमा आउँदा सांसदको सङ्ख्या ५७ पुग्छ । ११० सदस्यीय प्रदेश सभाको बहुमतका लागि कम्तीमा ५६ सांसद आवश्यक पर्छ । राप्रपाका भुवन पाठक सभामुख भएकाले कांग्रेस, राप्रपा र एकीकृत समाजवादीबिच गठबन्धन हुँदा पनि सामान्य बहुमत अर्थात् ५६ सांसदको समर्थन जुट्न सक्छ । सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी मुख्यमन्त्री छन् । मुख्यमन्त्री सोडारीले जेठ ३ मा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका ७ मध्ये २ र एक जना स्वतन्त्र गरी २८ सांसदको विश्वासको मत पाएका थिए । यद्यपि गत वैशाख ६ मा मुख्यमन्त्री बनेका सोडारीले मन्त्रीपरिषद् विस्तार गर्न सकेका छैनन् । उ

नी नेतृत्वको सरकारमा अहिलेसम्म एमाले र माओवादी केन्द्रको सहभागिता छैन । मुख्यमन्त्री सोडारीले नाउपाका दुई मन्त्रीको भरमा सरकार सञ्चालन गरिरहेका छन् । एमाले र माओवादी सरकारमा जान नमान्दा ४० दिनदेखि पाँच मन्त्रालयको कार्यभार मुख्यमन्त्री सोडारीकै काँधमा छ । सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरको सरकारको नेतृत्व नाउपालाई दिएका थिए । सरकार नेतृत्व सुम्पिएको नाउपा नै दुई धारमा विभाजित भएपछि अन्ततः एकीकृत समाजवादीलाई नेतृत्व दिन प्रचण्ड र ओली बाध्य भएका थिए । आनाकानीका बिच सोडारीलाई विश्वासको मत दिएको एमालेले मन्त्री पठाएको छैन । मधेस प्रदेशबाट नयाँ राजनीतिक कोर्स सुरु भएमा सुदूरपश्चिममा कांग्रेसले सोडारीको सरकारलाई साथ दिने छ । प्रधानमन्त्री प्रचण्ड र ओलीले केन्द्रदेखि प्रदेशसम्म आफ्नो अस्तित्व अस्वीकार गरेको भन्दै एकीकृत समाजवादीका अध्यक्ष नेपाल रुष्ट देखिन्छन् । बुधबार देउवा निवासमा नेपालले सत्ता गठबन्धनमा रहँदाको दिक्दारी प्रकट गरेका थिए । जसपा नेपालका अध्यक्ष यादवका अनुसार माधव नेपाल विपक्षी गठबन्धनमा आउन तयार देखिन्छन् । यता केन्द्रको हकमा एकीकृत समाजवादीले साथ छोडे पनि प्रचण्ड नेतृत्वको सरकार भने सुरक्षित देखिन्छ । प्रचण्ड नेतृत्वको सरकारलाई एमालेका ७८, माओवादीका ३२, रास्वपाका २१, जसपाका ७, जनमत पार्टीका ६ र नाउपाका ४ गरी १४८ सांसदको साथ कायमै रहन्छ । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि कम्तीमा १३८ सांसदको समर्थन भए पुग्छ । यद्यपि प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीले सत्ता गठबन्धन नछोड्ने दाबी गरेका छन् ।।व माधव नेपाल विपक्षी गठबन्धनको बैठकमा सहभागी भएको भोलिपल्ट विराटनगरमा प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादी सत्ता गठबन्धन बाहिर नजाने विश्वास व्यक्त गरेका थिए । ‘माधवजीको व्यवहार केही पहिलादेखि प्रतिपक्षसँग पनि र सत्ता पक्षसँग पनि जोडिनेजस्तो देखिएको थियो । आज बिहान मसँग कुरा हुँदा माधवजी वर्तमान समीकरणभन्दा बाहिर नभएको र नहुने पनि कुरा क्लियर गर्नु भएको छ,’ उनको भनाइ थियाे ।

प्रकाशित : जेष्ठ १७,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेश प्रदेशमा अर्थसहित चार मन्त्रालय कांग्रेस र एक मंत्रालय लाेेसपाले पदभार गरे ग्रहण JCNEPAL_MEDIA

आज चार बजे प्रतिनिधिसभा बैठक बस्दै JCNEPAL_MEDIA

एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ सरकारकाे मंत्री छनाैटमा व्यस्तJCNEPAL_MEDIA

सहकारी ठगीमा संलग्न प्रत्येकको हिसाब माग्ने महामन्त्री थापाको भनाइ : संसदीय विशेष समिति

विभिन्न स्थानबाट अवैध  लागूऔषधसहित १२ जना पक्राउ : चितवन

मटिहानी आगजनी पिडितलाई डा. सि.के. राउत द्वारा ग्यास चुल्हो वितरण