भारत भ्रमणबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीले जानकारी गराए JC_NEPAL_MEDIA

जेष्ठ २७,२०८१/ जेसी नेपाल मिडिया

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा शनिबार उनीहरूबीच भेटवार्ता भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री प्रचण्डले आसन्न भारत भ्रमणबारे जानकारी गराएका थिए भने अन्य समसामयिक विषयमा पनि कुरा भएको सचिवालयले जानकारी गराएको छ । प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो १ बजेर २५ मिनेटमा भारत प्रस्थान गर्दैछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका छन् । प्रधानमन्त्री मोदीको शपथ समारोहको निमन्त्रणा स्वीकार्दै प्रधानमन्त्री प्रचण्ड नेपाल एयरलाइन्समार्फत् आइतबार दिउँसो त्यसतर्फ जान लागेका हुन् ।

प्रकाशित : जेष्ठ २७,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

श्री राधाकृष्ण सार्वजनि पुस्तकालयको बैठकमा फर्जी हस्ताक्षर गरिएको आरोप : JCNEPALMEDIA

जनकपुरमा एनएमए शाखाको अध्यक्षमा डा. रामज्ञान यादव निर्वाचित : JCNEPALMEDIA

नोबेल अस्पतालनजिकका ७ वटा औषधि पसलमा तालाबन्दी : विराटनगर JCNEPALMEDIA

नेपाल-भारत बोर्डर ७२ घण्टा बन्द रहने : JCNEPALMEDIA

बारामा प्रहरीले लागू ओैषध अफिम सहित ३ जनालाई गरे पक्राउ : JCNEPALMEDIA

सर्वोच्च अदालतकाे व्याख्या , जनमतको कदर गर्नु जिम्मेवार राजनीतिकर्मी र जनप्रतिनिधिको कर्तव्य : JCNEPALMEDIA