हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

अशाेज २२,२०८३ / जेसी नेपाल संवाददाता

मधेस प्रदेश : धनुषाको हंसपुर नगरपालिका–७ स्थित नौवाखोर प्रसाही स्वास्थ्य चौकीमा शुक्रबार एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ ।

नैना हस्पिटल प्रा.लि.एण्ड दिव्य क्लिनिक, जनकपुरधामको आयोजनामा तथा हंसपुर नगरपालिका–७ वडा कार्यालय र नौवाखोर प्रसाही स्वास्थ्य चौकीको सहयोगमा ‘पाठेघर बचाउ अभियान’ अन्तर्गत शिविर आयोजना हुन लागेको हो । भोली २३ गते शुक्रबार हुने शिविरमा स्त्री तथा प्रसूति रोग, निःसन्तान समस्या, जनरल फिजिसियन तथा सर्जरी र नवजात शिशु तथा बालरोगसम्बन्धी विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा उपलब्ध गराइने आयोजकले जनाएको छ ।

शिविरमा डा. बृजमोहन कुमार रजक, डा. अस्मिता कुमारी रजक, डा. इन्द्र भुषण सिंह र डा. इन्द्रजित कुमार रजकले स्वास्थ्य सेवा प्रदान गर्नेछन् ।

महिनावारीसम्बन्धी समस्या, तल्लो पेट दुख्ने, सेतो पानी जाने, कम्मर दुख्ने, थाइराइड, निःसन्तान समस्या तथा पाठेघर खस्ने समस्याको जाँच तथा उपचारका लागि परामर्श दिइनेछ । त्यसैगरी भाइरल, टाइफाइड, मलेरिया लगायत ज्वरोसम्बन्धी समस्या भएका बिरामीलाई समेत स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श उपलब्ध गराइने आयोजकले जनाएको छ ।

आयोजकले सम्बन्धित क्षेत्रका सर्वसाधारणलाई शिविरमा सहभागी भई निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवाको लाभ लिन आग्रह गरेको छ ।

प्रकाशित : अशाेज २२, २०८३             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA

धनुषामा प्रहरीले गोली चलाएर लागुऔषधसहित एक युवकलाई गरे पक्राउ : JCNEPAL MEDIA

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश, सामाजिक परिचालक यादवविरुद्ध भ्रष्टाचार मुद्दा : JCNEPAL MEDIA