एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ सरकारकाे मंत्री छनाैटमा व्यस्तJCNEPAL_MEDIA

असार २५, २०८१ / जेसी नेपाल संवाददाता

सत्ता सहकार्यको सहमति गरेका नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु मन्त्रिपरिषद्‌मा कसलाई पठाउने भन्ने विषयमा आन्तरिक छलफलमा जुटेका छन् ।

कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन गर्न भएको सहमतिलाई दुवै दलले अनुमोदन गरिसके पनि मन्त्रीहरुको नाम भने टुंगो लाग्न सकेको छैन । एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ सरकारमा उपप्रधानमन्त्री नराख्ने पक्षमा देखिनुभएको छ ।

उपप्रधानमन्त्री भइसकेका व्यक्तिलाई मन्त्रिपरिषद्‌मा समेट्दा दोस्रो तहका नेताहरुको लर्को देखिने भएकाले पनि दुवै नेता अनिच्छुक देखिएका छन् । एमालेले प्रधानमन्त्रीसहित ९ मन्त्रालय र कांग्रेसले १० मन्त्रालय पाउने गरी भागबन्डा भइसकेको छ ।

प्रकाशित : असार २५,२०८० ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि दिउँसो १ बजे बस्दै : JCNEPAL MEDIA

कार्यवाहक सभापति मात्र नामकै, गगण थापाको भनाइ ; सबै शक्ति देउवकै हातमा JCNEPAL MEDIA

नेपाली कांग्रेसका देउवा, गगनसहित २४ सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको विपक्षमा : JCNEPAL MEDIA

प्रदेशसभा सदस्य पदमा चुनाव लडेका संतोष यादव चार वर्षपछि पुनःह काँग्रेसमा फर्किए : JCNEPAL MEDIA

धनुषा निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा चुनावका लागि कांग्रेसभित्र उम्मेदवार चयनमा दाेह्राे सिफारिस : JCNEPAL MEDIA

एमाले महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन, मतदान साँझ ७ बजेबाट शुरू हुने : JCNEPAL MEDIA