एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ सरकारकाे मंत्री छनाैटमा व्यस्तJCNEPAL_MEDIA

असार २५, २०८१ / जेसी नेपाल संवाददाता

सत्ता सहकार्यको सहमति गरेका नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु मन्त्रिपरिषद्‌मा कसलाई पठाउने भन्ने विषयमा आन्तरिक छलफलमा जुटेका छन् ।

कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन गर्न भएको सहमतिलाई दुवै दलले अनुमोदन गरिसके पनि मन्त्रीहरुको नाम भने टुंगो लाग्न सकेको छैन । एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ सरकारमा उपप्रधानमन्त्री नराख्ने पक्षमा देखिनुभएको छ ।

उपप्रधानमन्त्री भइसकेका व्यक्तिलाई मन्त्रिपरिषद्‌मा समेट्दा दोस्रो तहका नेताहरुको लर्को देखिने भएकाले पनि दुवै नेता अनिच्छुक देखिएका छन् । एमालेले प्रधानमन्त्रीसहित ९ मन्त्रालय र कांग्रेसले १० मन्त्रालय पाउने गरी भागबन्डा भइसकेको छ ।

प्रकाशित : असार २५,२०८० ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA