मधेश प्रदेशमा अर्थसहित चार मन्त्रालय कांग्रेस र एक मंत्रालय लाेेसपाले पदभार गरे ग्रहण JCNEPAL_MEDIA

श्रावण १,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : जनमतका मुख्यमन्त्री सतिश सिंहले अन्ततः अर्थ मन्त्रालय दिन तयार भएपछि नेपाली कांग्रेस मधेश प्रदेश सरकारमा ‘इन’ भइ मंत्रालयका पदभार ग्रहण गरे ।

संघमा गठबन्धन फेरबदलसँगै धरापमा परेको मधेश सरकार जोगाउन जनमतले नेपाली कांग्रेसलाई अर्थ मन्त्रालयसमेत चार र एमालेलाई भौतिक पूर्वाधारसमेत चार मन्त्रालय दिने सहमति गरेको थियो ।

सहमतिबाट पछि हटेपछि सरकारबाहिरै रहेर समर्थन गर्ने भनेको कांग्रेसले बिहीबार समर्थन फिर्ता लिने तयारी गरेपछि मुख्यमन्त्री पनि गुम्ने डरले जनमत अर्थ दिन तयार भएको हो । जनमतले अर्थ दिन तयार भएको जनाए लगत्तै बिहीबारै अपरान्ह ५ बजे नेपाली कांग्रेसका चार जना मन्त्रीले शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको थियोे जस्मा लाेसपाकाे एक मंत्री थपे पछि साझ ७ बजे तिर सपथ कार्य सम्पन्न भएका थिए ।

कांग्रेसबाट रौतहटका सुनिल यादव अर्थ मन्त्री भए भने पर्साका जनार्दन क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । त्यस्तै, धनुषाका शेषनारायण यादवले उर्जा, सिँचाई तथा खानेपानी मन्त्री र सर्लाहीका कौशलकिशोर रायले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

प्रकाशित : श्रावण १,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि दिउँसो १ बजे बस्दै : JCNEPAL MEDIA

कार्यवाहक सभापति मात्र नामकै, गगण थापाको भनाइ ; सबै शक्ति देउवकै हातमा JCNEPAL MEDIA

नेपाली कांग्रेसका देउवा, गगनसहित २४ सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको विपक्षमा : JCNEPAL MEDIA

प्रदेशसभा सदस्य पदमा चुनाव लडेका संतोष यादव चार वर्षपछि पुनःह काँग्रेसमा फर्किए : JCNEPAL MEDIA

धनुषा निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा चुनावका लागि कांग्रेसभित्र उम्मेदवार चयनमा दाेह्राे सिफारिस : JCNEPAL MEDIA

एमाले महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन, मतदान साँझ ७ बजेबाट शुरू हुने : JCNEPAL MEDIA