मधेश प्रदेशमा अर्थसहित चार मन्त्रालय कांग्रेस र एक मंत्रालय लाेेसपाले पदभार गरे ग्रहण JCNEPAL_MEDIA

श्रावण १,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : जनमतका मुख्यमन्त्री सतिश सिंहले अन्ततः अर्थ मन्त्रालय दिन तयार भएपछि नेपाली कांग्रेस मधेश प्रदेश सरकारमा ‘इन’ भइ मंत्रालयका पदभार ग्रहण गरे ।

संघमा गठबन्धन फेरबदलसँगै धरापमा परेको मधेश सरकार जोगाउन जनमतले नेपाली कांग्रेसलाई अर्थ मन्त्रालयसमेत चार र एमालेलाई भौतिक पूर्वाधारसमेत चार मन्त्रालय दिने सहमति गरेको थियो ।

सहमतिबाट पछि हटेपछि सरकारबाहिरै रहेर समर्थन गर्ने भनेको कांग्रेसले बिहीबार समर्थन फिर्ता लिने तयारी गरेपछि मुख्यमन्त्री पनि गुम्ने डरले जनमत अर्थ दिन तयार भएको हो । जनमतले अर्थ दिन तयार भएको जनाए लगत्तै बिहीबारै अपरान्ह ५ बजे नेपाली कांग्रेसका चार जना मन्त्रीले शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको थियोे जस्मा लाेसपाकाे एक मंत्री थपे पछि साझ ७ बजे तिर सपथ कार्य सम्पन्न भएका थिए ।

कांग्रेसबाट रौतहटका सुनिल यादव अर्थ मन्त्री भए भने पर्साका जनार्दन क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । त्यस्तै, धनुषाका शेषनारायण यादवले उर्जा, सिँचाई तथा खानेपानी मन्त्री र सर्लाहीका कौशलकिशोर रायले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

प्रकाशित : श्रावण १,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA

बालेनले उल्ट्याए सुशीला कार्कीको निर्णय,कानुनमन्त्री साेविता संसदमा टेबुल गर्ने : JCNEPALMEDIA