कार्य गरेपछि फसिएला वा दण्डित भइएला भन्ने कर्मचारीमा व्याप्त डर हटाउँछु: मुख्यसचिव अर्याल JCNEPAL_MEDIA

मुख्य सचिव अर्यालले भने कर्मचारी साथीहरूले बुझ्नु पर्ने के हो भने काम गर्दा त्यो कानूनबमोजिम छ कि छैन हेर्नै पर्छ । कानुनसम्मत काम गर्दा कसैले फसाउने कुरै आउँदैन । आफूले गरेको कामको जिम्मेवारी लिन सक्ने हो भने डर र त्रास पाल्नै पर्दैन । सरकारी सेवा, अझ त्यसमा पनि निजामती सेवामा प्रवेश गर्ने प्रत्येक कर्मचारीको सपना हुन्छ -त्यसको सर्वोच्च पद अर्थात् मुख्यसचिव बनेर मुलुकको स्थायी सरकार भनिने कर्मचारीतन्त्र हाँक्ने । तर यस्तो अवसर बिरलै कर्मचारीले पाउँछन् ।

एकनारायण अर्याल निजामती सेवाका तिनै बिरलै कर्मचारीमध्ये हुन् जसले नायब सुब्बाबाट शुरु आफ्नो सरकारी सेवामा मुख्यसचिवको मुकामसम्म पुग्ने अवसर पाए । २०४६ माघ ४ गते सरकारी सेवा प्रवेश गरेका अर्यालको यो यात्रा सामान्य थिएन । स्याङ्जाको करेनडाँडा-४ मा जन्मेका अर्यालको पहिलो प्रशासन समूहअन्तर्गत सुदूरपश्चिमको बैतडीमा भएको थियो । यसले शुरुमै उनलाई दुर्गमका कर्मचारीको मात्र होइन, दुर्गमको खास कुरा बुझ्ने कर्मचारी बनायो र यसैगरी ३४ वर्ष सरकारी सेवामा खारिएर उनी निजामती सेवाको नेतृत्व सम्हाल्ने ठाउँमा पुगे ।

गृह प्रशासनका अब्बल क्याडरमध्ये पर्ने अर्याल निकै प्रतिस्पर्धापूर्ण र रोचक मुख्यसचिव नियुक्ति प्रक्रियामा आफ्नो नेतृत्व खुबीका कारण पनि चर्चामा रहे । निजामती सेवाको नेतृत्वमा पुगेका उनीसामु अवसर प्रशस्त छन्, सँगै चुनौती पनि उत्तिकै छन् । विशेषतः संविधानसभाबाट संविधान जारी भएको ९ वर्षमा पनि बन्न नसकेको संघीय निजामती सेवा ऐन निर्माणमा भूमिका खेल्न, राजनीति र निजामती प्रशासनबिचको दूरी घटाउन र कर्मचारीतन्त्रलाई अभिभावकीय नेतृत्व प्रदान गर्न उनीमाथि थप जिम्मेवारी आएको छ ।

सरकारी सेवा सुधारेर नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने अहम् जिम्मेवारी त छँदै छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकाल सफलताका लागि दिएको बधाई सन्देशमै उनका प्रमुख कार्यभार स्मरण गराइसकेका छन् । र धेरैको चासो छ, उनले यी र यस्ता कार्यभारसँगै कर्मचारीतन्त्रभित्र सरुवा, बढुवालगायतका वृत्ति विकास मन्त्रिपरिषद्मा आउने प्रस्ताव र त्यहाँबाट हुने निर्णयहरूमा विवेक प्रयोग गर्दै समग्र निजामती सेवालाई पारदर्शी र निर्विवाद बनाउन के के गर्लान् ? सुधारवादी प्रशासक उनको बनिसकेको छवि हो । अनि आफूलाई प्राप्त जिम्मेवारीमा खरो उत्रने उनको ट्रयाक रेकर्डले नै देखाउँछ ।

उपसचिवका रूपमा निजामती कर्मचारीहरूको व्यक्तिगत विवरण र सम्पत्ति व्यवस्थापन प्रणालीलाई विद्युतीय रूपान्तरण गर्ने होस् या प्रमुख जिल्ला अधिकारीका रूपमा काठमाडौँलगायत जिल्लामा गरेको उत्कृष्ट कमान्ड, श्रम तथा रोजगार मन्त्रालयमा वैदेशिक रोजगार प्रक्रियालाई प्रविधिमैत्री बनाएर श्रम स्वीकृति अनलाइन प्रणालीमा लैजाने थालनी होस् या गृह मन्त्रालयमा अध्यागमन सेवा सुधार र राजस्व चुहावट नियन्त्रणमा खेलेको भूमिका, उनका धेरैजसो काम आम जानकारीमै छन् ।

मुख्यसचिवको रूपमा राजनीतिक अस्थिरताबिच प्रशासनयन्त्रलाई स्थायित्व प्रदान गर्नु, यसलाई सेवा प्रवाहमा केन्द्रित गराउनु, कर्मचारीतन्त्रलाई अनुशासित र प्रभावकारी बनाउँदै नागरिकको विश्वास जित्न सक्ने बनाउने जिम्मेवारी उनको काँधमा आएको छ ।

प्रकाशित : भाद्र २५,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA