बृहत्तर क्षेत्रका अध्यक्ष शीतल साहविरुद्ध पक्राउ पुर्जी जारी : जनकपुर JCNEPAL MEDIA

जेष्ठ १२,२०८२ / जेसी नेपाल संवाददाता

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अध्यक्ष साहले बृहत्तरका कार्यकारी निर्देशक बैजनाथ पासमानको किर्ते हस्ताक्षर गरेको अभियोगमा प्रहरीले धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको छ । अध्यक्ष साहले कार्यकारी निर्देशक पासमानको हस्ताक्षर गरी बृहत्तरका केही कर्मचारीलाई हटाइएको पत्र उच्च अदालतमा पेश गरेका थिए ।

तर सो हस्ताक्षर आफ्नो नभएको उल्लेख गर्दै पासमानले अदालत र प्रहरीमा निवेदन दिएका थिए । पासमानको निवेदनको आधारमा विधि विज्ञान प्रयोगशालाबाट हस्ताक्षर जाँच हुँदा साहले किर्ते जालसाजी गरेको ठहर भएको धनुषा प्रहरी स्रोतले जनाएको छ । अध्यक्ष साहले कार्यकारी निर्देशक पासमानको हस्ताक्षर गरी बृहत्तरका केही कर्मचारीलाई हटाइएको पत्र उच्च अदालतमा पेश गरेका थिए । तर सो हस्ताक्षर आफ्नो नभएको उल्लेख गर्दै पासमानले अदालत र प्रहरीमा निवेदन दिएका थिए । पासमानको निवेदनको आधारमा विधि विज्ञान प्रयोगशालाबाट हस्ताक्षर जाँच हुँदा साहले किर्ते जालसाजी गरेको ठहर भएको धनुषा प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार अध्यक्ष साह विरुद्ध किर्ते जालजासी मुद्दा दर्ता भएको र सो क्रममा पक्राउ पुर्जी लिएको हो ।

बृहत्तर अध्यक्ष भएदेखि अध्यक्ष साह विवादमा छन् । केही कर्मचारीहरुमाथि उनले अनेक मुद्दा गरेका छन् । डेढ वर्षदेखि कर्मचारीहरुको तलब रोक्का गरेका छन् । कार्यलयमा कुनै काम हुन दिएको छैन । बृहत्तरका कर्मचारीहरुसित अध्यक्ष साहको विषयमा जानकारी माग्दा केही समयदेखि कार्यालय नआएको बताइएको छ । उनको मोबाइल फोनको स्वीच अफ गरिएको छ । सार्वजनिक कार्यक्रमहरुमा उनी देखा परेका छैनन् । सरल र सहज स्वभावका कार्यालय प्रमुख पासमानलाई अध्यक्ष साहले अनेक धाकधम्की दिने गरेको र गैरकानुनी कामका लागि दबाब दिने गरेको आरोप पनि साहमाथि लागेको छ । साहमाथि एकजना कर्मचारीले सापटी लिएको १ लाख रुपैया समेत फिर्ता नगरेको उजुरी जिल्ला प्रशासन कार्यालय धनुषामा दिएका छन् । अध्यक्ष साहले मारुती भ्यानको नम्बर भारतीय टाटा सुमो जिपमा हालेर चढने गरेको खुलेपछि प्रहरीले सो जिप नियन्त्रणमा लिएको छ ।

जिपको नम्बर किर्ते गर्ने साहमाथि हाल सम्म कारबाही नगरिएको प्रहरीमाथि आरोप लागेको छ । बृहत्तरका कर्मचारीहरुसित अध्यक्ष साहको विषयमा जानकारी माग्दा केही समयदेखि कार्यालय नआएको बताइएको छ । उनको मोबाइल फोनको स्वीच अफ गरिएको छ । सार्वजनिक कार्यक्रमहरुमा उनी देखा परेका छैनन् । सरल र सहज स्वभावका कार्यालय प्रमुख पासमानलाई अध्यक्ष साहले अनेक धाकधम्की दिने गरेको र गैरकानुनी कामका लागि दबाब दिने गरेको आरोप पनि साहमाथि लागेको छ । साहमाथि एकजना कर्मचारीले सापटी लिएको १ लाख रुपैया समेत फिर्ता नगरेको उजुरी जिल्ला प्रशासन कार्यालय धनुषामा दिएका छन् । अध्यक्ष साहले मारुती भ्यानको नम्बर भारतीय टाटा सुमो जिपमा हालेर चढने गरेको खुलेपछि प्रहरीले सो जिप नियन्त्रणमा लिएको छ । जिपको नम्बर किर्ते गर्ने साहमाथि हाल सम्म कारबाही नगरिएको प्रहरीमाथि आरोप लागेको छ ।

भारतीय नम्बरको टाटा सुमो जिपमा साहले मारुती भ्यानको नेपाली नम्बर लगाएर चलाइरहेका थिए । सो जिप प्रहरीले बरामदगरि जिल्ला प्रहरी कार्यालय परिसरमा राखेको छ ।तर कारवाही गरिएको छैन । साह उपर किर्ते जालसाजीको मुद्दा परेपछि नेकपा एकीकृत समाजवादी छाडेर नेकपा एमालेमा प्रवेश गरेका थिए । उनी विरुद्ध पक्राउ पुर्जी जारी भएपछि मोबाइल फोन बन्द गरी सम्पर्क बिहीन भएको बताइएको छ । धनु्षा प्रहरीले उनलाई खोजीको सूचीमा राखेको छ । किर्ते जालसाजी मुद्दामा अनुसन्धानको हदम्याद दुई वर्षसम्म हुने बताइएको छ ।

प्रकाशित : जेष्ठ १२,२०८२                  ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

विवादित शर्मालाई प्रभु बैंकको सिइओ बनाउन गभर्नरको जबरजस्ती,अन्योलमा बोर्ड : JCNEPAL MEDIA

एमाले मधेश प्रदेश कमिटी सदस्य बस्नेतसहित एक सय जना कांग्रेसमा गरे प्रवेश : JCNEPAL MEDIA

निर्वाचन आयोग जोगाउने सशस्त्र प्रहरीका डीएसपी कोइराला सम्मानित : जेन-जी आन्दोलन JCNEPAL MEDIA

जनकपुरमा एनएमए शाखाको अध्यक्षमा डा. रामज्ञान यादव निर्वाचित : JCNEPALMEDIA

नोबेल अस्पतालनजिकका ७ वटा औषधि पसलमा तालाबन्दी : विराटनगर JCNEPALMEDIA

नेपाल-भारत बोर्डर ७२ घण्टा बन्द रहने : JCNEPALMEDIA