जसपाका प्रदेश साँसद सराेज सिंह कुशवाहाको घरमा अख्तियारको छापा, पिए समेत पक्राउ : JCNEPAL MEDIA

जेष्ठ १३,२०८२ / जेसी नेपाल संवाददाता

जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजसिंह कुशवाहाको घरमा अख्तियार पसेको छ। महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट निर्वाचित सांसद कुशवाहाको घरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ।

उनका स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई पक्राउ गरी घरमा रहेका विभिन्न योजनाका कागजातहरू समेत नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ। प्रदेश सांसद कुशवाहा भने सम्पर्कविहीन रहेको अख्तियार स्रोतको भनाइ छ।

कुशवाहाको भागमा परेका योजनाहरू बिक्री गरेको भने गोप्य सूचनाको आधारमा छापा मारिएको जनाईएको छ। कुशवाहा महोत्तरी ४ (ख) बाट दोस्रो पटक निर्वाचित सांसद हुन भने मधेश प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्री पनि हुन। सोमबार गरिएको छापामारीको क्रममा अख्तियारले साँसद महतोको घरबाट योजना बिक्रीको प्रमाण, कागजातहरु फेला पारेको हो ।

प्रकाशित : जेष्ठ १३,२०८२                    ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA