मतदाता कार्डमा तस्वीर र नाम फरक भेटाउदा जउबासंघ निर्वाचन शंकाकाे घेरामा JCNEPAL_MEDIA

भाद्र २७२०८१ / जेसी नेपाल संवाददाता

जनकपुर धाम : जनकपुरधाम उद्योग बाणिज्य संघको शनिवार हुन लागेको निर्वाचनमा मतदाता कार्डमा तस्वीर र नाम फरक भेटदा जउबासंघ निर्वाचन शंकाकाे घेरामाको रहेको छ । पुर्व सन्ध्यामा विभिन्न शंका आशंका उब्जिन थालेको मात्र छैन त्यसको गुईगाई पनि हुन थालेको छ ।

रामचौकमा एकजना व्यापारीले आफनो मतदाता परिचय पत्र देखाउदै परिचय पत्रमा विभिन्न त्रुटीहरु देखिएको जस्ले बिबाद र समस्या उत्पन्न हुन सक्ने बताएका छन । उनले (परिचय पत्रमा उल्लेखित व्यापारी) आफुलाई सुरुमा दिइएको परिचय पत्रमा आफनो नाम सहि भएपनि फोटो अरुको रहेको बताउदै त्रुटीहरु सच्याउन निर्वाचन समितिलाई आग्रह गरेको छ । पछि उनले गुनासो गरेपछि अर्को सच्याइएको परिचयपत्र पनि दिइएको देखाउदै भने ।

कतिपय आईडी कार्डमा फोटो नै नरहेको पनि भेटियो ।त्यसरी फोटो अरुको भए कसैको नाममा कसैले पनि मत खसाल्न सक्ने सम्भावना रहेको उनीहरुको भनाई थियो । कुनै परिचय पत्रमा नाम र प्रतिष्ठानको नाम फरक भेटिएको छ भन्ने कुनैमा नाम र फोटो सहितका फरक तथ्य उल्लेख भेटिएपछि गत निर्वाचनको मतगणनामा भएको बिबादको चर्चा चुलिएको छ ।

महासचिवमा उम्मेदवार रहेका अशोक कुमार चौधरीले उम्मेदवार (आफनो) भाईकै परिचय पत्रमा यस्तो देखिएको बताउदै अरु समान्य व्यापारीको परिचय पत्रमा के होला ? भन्दै प्रश्न गरे । उनले निर्वाचन समितिलाई आग्रह गर्दै भने, अलिकती पनि शंका गर्ने ठाँउ भेटेको खण्डमा यसपालि गारहो हुने स्थिती छ, त्यसैले सावधानी र सचेतना आवश्यक छ ।

एता निर्वाचन समितिले निर्वाचनको लागि सम्पुर्ण तयारी पुरा गरिएको बताउलै सुरक्षित, मर्यादित निर्वाचन हुनेमा ढुक्क रहन आग्रह गरेको छ । देखिएका त्रुटीहरु मानविय समान्य त्रुटीका क्रममा हुन गएको बताउदै सच्याएर अगाडि बढन तयार रहेको बताए ।

प्रकाशित : भाद्र २७,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA