महिला साक्षरता बचत तथा ऋण सहकारी संस्थाको संचालक समिती अध्यक्षमा सुमित्रा फुयाँल चयन

दिपक बस्नेत
मंसिर १८, तामाकोशी ।
महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरेको अध्यक्षमा सुमित्रा फुयाँल सर्वसम्मत चयन हुनुभएको छ ।
संस्थाको २३ औं बार्षिक साधारण सभा मार्फत फुयाँल सर्वसम्मत संचालक समितिमा चयन हुनुभएको हो । संस्थाको अन्य पदाधिकारीमा उपध्यक्ष मेनुका बस्नेत, सचिव मन्दिरा लामिछाने, कोषाध्यक्ष प्रतिमा अधिकारी चयान हुनुभएको छ । संस्थाले इन्दिरा ढुङ्गगेलको संयोजकत्वमा लेखा समिति पनि सर्वसम्मत चयन गरेको छ । यस्तै ऋण उपसमिति पनि गठन गरेको छ ।
तामाकोशी गाउँपालिकाका सहकारी समुन्वय संयोजक पशुराम कार्कीको प्रमुख अतिथ्यतामा भएको चुनाव सहितको २३ औं बार्षिक साधारण सभामा अध्यक्षको प्रतिवेदन, सचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन लगाएतका प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष, उत्कृष्ट शेयर सदस्य, बचत कर्ता, असल ऋणी, सत्तरी बर्ष भन्दा माथिका बृद्धा सहकारी सदस्य, बाल बचत कर्ता लगाएतलाई नगद सहिद सम्मान गरिएको थियो । संस्थाले यस बर्ष २३ लाख २३ हजार पाँचसय ७६ रुपयाँ नाफा गरेको छ । संस्थाको कुल पूँजी ११ करोड ९५ लाख, १ हजार ५ सय ९८ रहेको छ । संस्था बचत तथा ऋण सहकारीमा तामाकोशी गाउँपालिका भित्र सवै भन्दा ठुलो सहकारी हुने प्रयासमा रहेको छ । सफल महिलाहरुको उत्कृष्ठ कामले नै सहकारीको सफलता रहेको सदस्यको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अर्थमन्त्री र सचिवहरू बीच कार्यसम्पादन करार सम्झौता JCNEPAL_MEDIA

समृद्ध मधेस प्रदेशका लागि मुख्यमंत्री सिंहले गरे प्रधानमन्त्रीलाई आग्रह #JCNEPAL_MEDIA

कमला नगरपालिकाले चलाउन सकेन बजेट JCNEPAL_MEDIA

आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न योजना बनाउन सुरु : अर्थमन्त्री पुन

करदातालाई प्रोत्साहित र कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन 

अन्तरदेशीय रेलमार्ग निर्माणले लिएन गति : नेपाल-भारत