श्री गोल्मेश्वर माध्यमिक विद्यालयले आफ्नो ७० औं बार्षिक उत्सव तथा अभिभावक भेला धुमधामका साथ सम्पन्न

दिपक बस्नेत
पौष ९, तामाकोशी ।
श्री गोल्मेश्वर माध्यमिक विद्यालय तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुले आफ्नो ७० औं बार्षिक उत्सव तथा अभिभावक भेला धुमधामका साथ मनाएको छ ।
विद्यालयको ७० औं बार्षिक उत्सव तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा विभिन्न संस्कृतिक कार्यक्रमका साथ मनाएको हो ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका वडा अध्यक्ष होम बहादुर श्रेष्ठको विषेश आतिथ्यतामा भएको कार्यक्रममा, जिल्ला समुन्वय समिति सदस्य गीता पोखरेल, संस्थापक प्रधानाध्यपकका धर्मपत्नि जालापा तिमल्सिना, जग्गादाता राम प्रसाद पोखरेल, दुर्गा नारायण श्रेष्ठ, जीत बहादुर खड्का, टंक बहादुर खड्का, चन्द्र प्रसादका प्रतिनिधि शिवहरी पोखरेल, सिद्धेश्वर माविका साहायक प्रधानाध्यपक बाबुराम के.सी. वडा सचिव हरी के.सी. , सुभराज दाहाल, जेष्ठ नागरिक दुर्गा प्रसाद पोखरेल, साहित्यकार रत्ननिधि रेग्मी कुक्रचार्य लगाएतको आतिथ्यता रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि शंकर पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा बैद्यका नेता पुर्ण बहादु खड्का , नेपाली कांग्रेसका नेता नरहरी सुवेदी, नेकपा समाजवादीका वडा कमिटी अध्यक्ष यज्ञ बहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष खड्ग विक्रम खड्का, नेपाली कांग्रेस पुर्व वडा सभापती मोहन बहादुर पोखरेल, नेकपा एमालेका वडा अध्यक्ष राजन पोखरेल, पुर्व शिक्षक दुर्गा प्रसाद दाहाल लगाएतले सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
विद्यालयका साहायक प्रधानाध्यपक हरी दाहालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा विद्यालयका भईबाहिनीले विभिन्न सांस्कृसतिक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमकै अवसरमा चन्द्र सावित्रा अक्षयकोषबाट अपाङ्ग, अतिविपन्न र उत्कृष्ठ छात्रा, छात्रलाई छात्रबृद्धि प्रदान गर्नुका साथै अन्य विद्यार्थीलाई पनि विभिन्न विधामा पुरस्कृत गरिएको छ । बार्षिक उत्सवको अवसरमा विद्यालयका प्रधानाध्यपक सञ्जय खड्काले १ करोड ५८ लाख ७ हजार ४ सय ५६ रुपयाँ ४४ पैसाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै उहाँले विद्यालयको शिक्षण सिकाई उपलव्धी, भौतिक व्यवस्थापन, विद्यालयका चुनौती र भावि योजनाकाबारे प्रतिवेदनमा उल्लेख गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

राराब क्याम्पसमा BBA परीक्षार्थी र क्याम्पस प्रशासनबीचकाे विवादले केही विद्यार्थी हरू परिक्षाबाट बन्चित : JCNEPAL MEDIA

आज देशभर स्कुल,कलेज र समुदायमा माता सरस्वतीकाे पुजा गर्दै - JC NEPAL MEDIA

कक्षा ९ मा भरेको रजिस्ट्रेसन फाराम कक्षा १२ सम्म हुने - JC NEPAL MEDIA

मननीय रेखा यादवकाे कविताले साच्चिकै भावुक बनाउछ - JC NEPAL MEDIA

निमावि तहका लागि कोटाभन्दा ६४७ कम शिक्षक सिफारिस

आगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू हुने