राजेन्द्र महतो नेतृत्वको \'राष्ट्रिय मुक्ति पार्टी नेपाल\' निर्वाचन आयोगमा माघ आठमा भए दर्ता -JCNEPAL MEDIA

माघ ९,२०८१ / जेसी नेपाल संवाददाता

राजेन्द्र महतो नेतृत्वको 'राष्ट्रिय मुक्ति पार्टी नेपाल' निर्वाचन आयोगमा कार्तिक ९ गते निवेदन दर्ता गराएता पनि माघ आठमा दर्ता भएका छन । नेता राजेन्द्र महतो नेतृत्वको नयाँ पार्टी राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको दर्ता नम्बर २०१ रहेको जानकारी गराईएको छ ।

स्वदेशवाद, सांस्कृतिक राष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धान्तमा आधारित बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको निम्ति विधिवत रुपमा निर्वाचन आयोगमा दर्ता भएको अध्यक्ष महतोले वक्तत्व जारी गरेका छन् । दर्ताको लागि गत कार्तिक ९ गते दिएको निवेदनमाथि सुनुवाई गर्दै निर्वाचन आयोगले माघ ८ गते दर्ता प्रमाणपत्र उपलब्ध गराएको अध्यक्ष महतोद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

“राष्ट्रिय मुक्ति क्रान्तिमा लामबद्ध सवै नेता तथा कार्यकर्ता, सहयोगी एवं शुभचिन्तकहरुको अथक परिश्रमले आज आधिकारिक पार्टीको रुपमा मान्यता प्राप्त गरेकोमा सवैमा हार्दिक वधाई एवं शुभकामना ।”– उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

राष्ट्रिय मुक्ति क्रान्तिको अवधारणा बमोजिम पार्टी आगाडि बढ्ने र देशको राजनीतिक तथा आर्थिक परिवर्तन गर्दै देशलाई बहुलराष्ट्रिय राज्यको रुपमा स्थापना गर्द सभ्यता एवं संस्कृतिको पुनःस्थापनको लक्ष्य प्राप्त गर्ने यस अभियानमा जुट्न विज्ञप्ति मार्फत आग्रह पनि गरेका छन् ।

प्रकाशित : माघ ९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मुजेलियाकाे पुस्तकालयमा पारदर्शिताकाे अभाव : कार्यकाल सके पनि निर्वाचन, लेखा परिक्षण र साधारणसभा अधुरोJCNEPAL MEDIA

धनुषा प्रहरीले अवैद्य देह व्यापार चलाउने लज सँचालकसहित ७ जना गरे पक्राउ : JCNEPAL MEDIA

पेट्रोलको मुल्य लिटरमा पाँच रुपैयाँले घट्यो : JCNEPAL MEDIA

छैटौँ मधानी महोत्सव मौलापुर सुरु : विश्व व्यापी बन्दै गएको निष्कर्ष : राैतहट JCNEPAL MEDIA

माओवादीले ७ प्रदेश र ७७ जिल्लाको ईन्चार्ज ताेके ,मधेशमा मातृका र धनुषामा श्रवण बरबरिया ईन्चार्ज JCNEPAL MEDIA

ट्रम्प राष्ट्रपति हुदै अमेरिकी डलरको भाउ बढ्यो, जापानी येन र मलेसियन रिंगेटकाे मूल्य घट्याे : JCNEPAL MEDIA