संसदमा पुग्यो प्रहरी विधेयक, १६ वर्षमा तल्लो तहका प्रहरीलाई पेन्सन दिने - JCNEPAL MEDIA

माघ १५,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : गृह मन्त्रालयले तीन वटा विधेयक प्रतिनिधि सभामा दर्ताका लागि लगेको छ । नेपाल नागरिकता ऐन दोस्रो संशोधन विधेयक, नेपाल प्रहरी ऐन संशोधन विधेयक र सशस्त्र प्रहरी ऐन संशोधन विधेयक दर्ताका लागि गृह मन्त्रालयले प्रतिनिधि सभामा चिठी पठाएको छ । संसद् सचिवालयले विधेयक दर्ताका लागि चिठी आएको र दर्ता प्रक्रियामा रहेको बताएको छ ।

१६ वर्षमा तल्लो तहका प्रहरीलाई पेन्सन दिने प्रावधानसहितको प्रहरी बिधेयक अन्ततः संसद पुगेको हो । बिधेयकमा तल्लो तहका प्रहरी कर्मचारीले लामो समयदेखि उठाउँदै आएको १६ वर्षमा पेन्सनसम्बन्धि प्रावधान समावेश छ । बिधेयकको दफा ५७ (ग) मा प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीले न्यूनतम १६ वर्ष सेवा अवधि पुगेमा पेन्सन पाउने उल्लेख छ ।

तर, पेन्सन भने उनीहरुले प्रहरी सेवामा नियुक्त भएको २० वर्ष सेवा अवधि पुगेपछि मात्र दिने उल्लेख छ । प्रहरीका कर्मचारीले यस्तो प्रावधानका लागि माग गर्दै आएका थिए । यद्यपी बिधेयक संसदबाट पास भएपछि मात्र यो कार्यान्वायनमा जानेछ । त्यसका लागि केही महिना लाग्न सक्नेछ । बिधेयकमा ३० वर्षे सेवा हद नराख्ने तथा आइजिपीको अवकाशको उमेर हद ६० वर्ष बनाउने उल्लेख छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वा प्रहरी नायब महानिरीक्षक (डिआइजी) ५६ वर्षमा अवकास हुँदै आएकोमा त्यसलाई ५९ बनाउने प्रस्ताव भएको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वा प्रहरी उपरीक्षक (एसपी)को ५५ वर्षमा अवकास पाउँदै आएकोमा ५८ वर्ष बनाइने भएको छ। प्रहरी नायब उपरीक्षक (डिएसपी) ५४ वर्ष र प्रहरी निरीक्षक (इन्स्पेक्टर) अवकास पाउँदै आएको छ ।

दुबै पदको अवकास पाउने उमेर हदलाई ५७ वर्ष बनाउन सरकारले प्रस्ताव गरेको हो । त्यस्तै प्रहरी वरिष्ठ नायब निरीक्षक वा प्रहरी नायब निरीक्षक ५२ वर्ष, सहायक निरीक्षक ५१, प्रहरी वरिष्ठ हवलदार, प्रहरी हवल्दार, प्रहरी सहायक हवलदार वा प्रहरी जवानको ४८ वर्षमा अवकास पाउने व्यवस्था छ । नयाँ विधेयकले वरिष्ठ नायब निरीक्षक, नायब निरीक्षक र सहायक निरीक्षकको ५४, वरिष्ठ हवल्दार, हवल्दार, सहायक हवल्दार र प्रहरी जवानको ५१ वर्ष बनाउने प्रस्ताव गरेको हो । कार्यालय सहयोगीको भने उमेर घटबढ गरिएको छैन ।

प्रकाशित : माघ १५,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

ट्रम्प राष्ट्रपति हुदै अमेरिकी डलरको भाउ बढ्यो, जापानी येन र मलेसियन रिंगेटकाे मूल्य घट्याे : JCNEPAL MEDIA

राष्ट्र बैंककै कारण संकटमा बैंकिङ क्षेत्र: असक्षम नेतृत्वको अपारदर्शी निर्णय हावी

एनआईसी एशियाको संस्थागत सुशासनमा लापरबाही , चार कारण देखाएर राष्ट्र बैंकको कारबाही - JCNEPAL MEDIA

प्रहरी अधिकारीहरुकै संलग्नतामा पर्साको अमरपट्टी नाकाबाट संगठित तस्करी गराइरहेको आरोप -JCNEPAL MEDIA

राजेन्द्र महतो नेतृत्वको 'राष्ट्रिय मुक्ति पार्टी नेपाल' निर्वाचन आयोगमा माघ आठमा भए दर्ता -JCNEPAL MEDIA

डाेनल्डट्रम्पको 'कारोबारी' विदेश नीतिले नेपालमा पार्न सक्ने प्रभाव-JCNEPAL MEDIA