माओवादीले ७ प्रदेश र ७७ जिल्लाको ईन्चार्ज ताेके ,मधेशमा मातृका र धनुषामा श्रवण बरबरिया ईन्चार्ज JCNEPAL MEDIA

माघ २७,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : नेकपा माओवादी केन्द्रले सात प्रदेश र ७७ जिल्लाका इन्चार्जको जिम्मेवारी तोकिएको छ । गत २१ माघमा बसेको केन्द्रीय कार्यालय (पदाधिकारी) बैठकले गरेको निर्णय आज (आइतबार) परिपत्रमार्फत नेता कार्यकर्तालाई पठाइएको छ ।

जसमा पार्टीका केन्द्रीय विभाग, वर्गीय संगठन, केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला लगायतको कार्यविभाजन गरिएको छ । महासचिव देव गुरुङले पठाएको परिपत्र अनुसार संगठन विभागको प्रमुखमा जनार्दन शर्मालाई जिम्मेवारी दिइएको छ ।

आर्थिक उत्पादन संयन्त्रको इन्चार्जमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई जिम्मेवारी दिइएको छ । परिपत्र अनुसार, मधेश प्रदेशको ईन्चार्ज माओवादीका नेता एवम् पूर्वमन्त्री मातृका प्रसाद यादवलाई दिएको छ ।

मधेश प्रदेशको इन्चार्ज मातृकालाई बनाएको छ भने सह ईन्चार्ज योग कुमार बरबरिया (श्रवण) लाई जिम्मेवारी तोकिएको छ । श्रवण बरबरियाका साथै विश्वनाथ साह, प्रहलाद बुढाथोकी र महेन्द्र पासवानलाई सह ईन्चार्जको जिम्मेवारी दिएको हो । यस्तै, जिल्ला तर्फ धनुषा जिल्ला ईन्चार्जमा समेत योग कुमार बरबरिया (श्रवण) लाई जिम्मेवारी दिएको हो ।

प्रकाशित : माघ २७,२०८१           ००:०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

सिंहदरबारमा अब छड्के सचिव, सचिव र सह–सचिव असन्तुष्ट : JCNEPALMEDIA

कार्यालय प्रमुखसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर : JCNEPALMEDIA

२२ अर्बको बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरणमा ३९ जना विरुद्ध मुद्दा : JCNEPALMEDIA

२२ अर्बको बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरणमा ३९ जना विरुद्ध मुद्दा : JCNEPALMEDIA