तामाकोशी गाउँपालिकाले कृषि प्राविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्सान गर्नका लागि सहयोग गर्ने

दिपक बस्नेत
श्रावण २८, तामाकोशी । 
तामाकोशी गाउँपालिकाले कृषि प्राविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीलाई  प्रोत्सान गर्नका लागि सहयोग गर्ने भएको छ ।
तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको वैठकले पालिका भित्र संचालित गोल्मेश्वर माध्यमिक विद्यालयमा संचालित कृषि प्राविधिक शिक्षालयमा  अध्ययन गर्ने विद्यार्थीका लागि सहयोग गर्ने भएको हो ।
कार्यपालिकाको बैठकले पालिका भित्रका दलित विद्यार्थीका लागि ४० प्रतिशत, छात्राको लागि ३५ प्रतिशत, अन्य विद्यार्थीका लागि ३० प्रतिशत र तामाकोशी गाउँपालिका भन्दा अन्यबाट आउँने विद्यार्थीका लागि २५ प्रतिशत लाग्ने शुल्कमा सहयोग गर्ने कार्यपालिका सदस्य तथा वडा नम्बर ५ सहरेका वडा अध्यक्ष शम्भु प्रसाद फुयाँलले बताउँनु भयो ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा संचालित गोल्मेश्वर माध्यमिक विद्यालयमा २०७६ सालबाट कृषि प्राविधिक शिक्षलय संचालन गरिएको र कृषि प्रविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीका लागि विद्यालयको तर्फबाट १५ प्रतिशत छुट गरिने प्रधानाध्यपक संजिव कुमार खड्काले जानकारि दिनु भयो ।
तामाकोशी गाउँपालिका र विद्यालयले गरेको सहयोगबाट कृषि प्राविधिक बन्नकालागि सर्वसाधारण विद्यार्थीलाई पनि सहज हुने स्थानियको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

आज देशभर स्कुल,कलेज र समुदायमा माता सरस्वतीकाे पुजा गर्दै - JC NEPAL MEDIA

कक्षा ९ मा भरेको रजिस्ट्रेसन फाराम कक्षा १२ सम्म हुने - JC NEPAL MEDIA

मननीय रेखा यादवकाे कविताले साच्चिकै भावुक बनाउछ - JC NEPAL MEDIA

निमावि तहका लागि कोटाभन्दा ६४७ कम शिक्षक सिफारिस

आगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू हुने

समायोजन भएका ठुला विद्यालयलाई बस प्रदान गरिने