शैक्षिक बहस कार्यक्रम सम्पन्न

दिपक बस्नेत
असोज १, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु दोलखाको गोल्मेश्वर माध्यमिक विद्यालयको हलमा शैक्षिक बहस कार्यक्रम सम्पन्न भएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन कान्तिकारी तामाकोशी गाउँपालिका कमिटीको अयोजनामा "सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा देखिएको जटिलता" विषयक शैक्षिक बहस कायक्रम भएको हो ।
बहस कार्यक्रममा तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप के.सी., उपाध्यक्ष सृजना खड्का सुवेदी, वडा नम्बर ५ सहरेका वडा अध्यक्ष शम्भु फुयाँल, नेकपा माओवादी केन्द्रका बाग्मति प्रदेश संगठन विभगका सचिव उपेन्द्र प्रसाद अधिकारी, गोल्मेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यपक संजिव खड्का जवाफी वक्तामा रहनु भएको थियो । कार्यक्रममा पालिका भित्रका विभिन्न विद्यालयका विद्यार्थीले आ आफ्नो जिज्ञासा राख्नु भएको थियो ।
कार्यक्रमको सहजिकरण अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन कान्तिकारी दोलखाका सचिव विकल खड्काले गर्नु भएको थियो । बहस कार्यक्रम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन कान्तिकारी तामाकोशी गाउँ कमिटीका संयोजक देवेन्द्र भुजेलको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

आज देशभर स्कुल,कलेज र समुदायमा माता सरस्वतीकाे पुजा गर्दै - JC NEPAL MEDIA

कक्षा ९ मा भरेको रजिस्ट्रेसन फाराम कक्षा १२ सम्म हुने - JC NEPAL MEDIA

मननीय रेखा यादवकाे कविताले साच्चिकै भावुक बनाउछ - JC NEPAL MEDIA

निमावि तहका लागि कोटाभन्दा ६४७ कम शिक्षक सिफारिस

आगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू हुने

समायोजन भएका ठुला विद्यालयलाई बस प्रदान गरिने