पदमुक्त हुनुअघि परिषद्का अध्यक्षले गरे बुहारीसहित २१ जनाको नियुक्ति : JCNEPAL MEDIA

बैशाख २६,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह पदमुक्त भएका छन् । उनले आफू पदमुक्त हुनुअघि बुहारी प्रियंका महासेठसहित २१ जनाको नियुक्त गरेको पाइएको छ ।

परिषद्को कार्यालयमा काम गर्ने गरी प्रियंकासहित २१ जनाको नियुक्ति गएको वैशाख १७ गते गरेको पाइएको हो । सरकारले तीन दिनअघि वैशाख १९ गतेदेखि लागु हुने गरी बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्सहितको राजनीतिक नियुक्त खारेज गरेका थिए । तर, अध्यक्ष साहले पदमुक्त हुनुअघि २१ जनाको नियुक्ति गरेपछि कार्यालयमा विवाद चुलिएको छ ।

अध्यक्ष साहले बुहारी प्रियंकालाई नायव सुब्बामा नियुक्ति गरेका छन् । त्यसैगरी लेखापाल, सिभिल इन्जिनियर र नायव सुब्बामा एक/एकजना नयाँ नियुक्त गरेका छन् । सहायक कम्प्युटर अपरेटर एक, हलुका सवारी चालक एक, खरिदार दुई र कार्यालय सहयोगी/संस्कृति प्रहरी १५ जना नियुक्त गरेका छन् । यसमा साहले तीनजना आफन्तलाई नियुक्त गरेको कार्यालयकै कर्मचारीले बताए । कार्यालयका कर्मचारीहरूले नयाँ नियुक्त गरिएका कर्मचारीहरूलाई हाजिर हुन नदिएपछि घटना बाहिर आएको हो । बिहीबार जिल्ला प्रशासन कार्यालय धनुषामा दुवै पक्षबीच छलफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।

उनका अनुसार, अध्यक्ष साहले वैशाख १७ गतेको मितिमा २१ जनाको नियुक्ति गरेको देखिन्छ । पुरानो कर्मचारीले नयाँलाई हाजिर हुन नदिएपछि छलफलमा बोलाइएको थियो । छलफलबाट टुंगो नलागेपछि संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा जानकारी गराइएको छ । हाल कुनै पनि कर्मचारीलाई कार्यालयमा हाजिर हुन नदिने, कार्यालयमा तालाबन्दी गर्ने, परिचयपत्र कार्ड नलगाउने, कार्यालयको निगरानीको लागि प्रहरी खटाउने सहमति भएको प्रमुख जिल्ला अधिकारी लुइँटेलले बताए । सोहीअनुसार दुवै पक्षलाई निर्देशन दिएको उनले जानकारी दिए । साहले सबै नियुक्त दरबन्दीअुनसार गरेको बताए ।

बुहारी प्रियंकाको नियुक्ति पनि निष्पक्ष रूपमा गरेको उनको भनाइ छ । उनका अनुसार, ०८२ कात्तिक १७ गते परिषद्ले कर्मचारी राख्न विज्ञापन गरेको थियो । तर, विभिन्न कारण दबरन्दी रोकिएको थियो । गएको कात्तिक १ गते नै दरबन्दी स्वीकृत भएपछि सोहीअुनसार गत साता कर्मचारी प्रक्रियाअनुसार नियुक्त गरेको उनको दाबी छ ।

प्रकाशित : बैशाख २४,२०८३         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेसमा करिब ४ लाख हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ४ प्रतिशतमात्र धान रोपाइँ : JCNEPALMEDIA

जनकपुरकाे रजाैलमा २४ वर्षकाे युवा गरे आत्म हत्या : JCNEPALMEDIA

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध, अरु पदाधिकारीको लागि चुनाव हुने : JCNEPALMEDIA

धनौजी गाउँपालिकाको १५औं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत, ६० करोड ५५ लाखको बजेट अनुमान : JCNEPALMEDIA

रास्वपा महाधिवेशनमा उम्मेदवार सूची विवाद : नेताहरू नैअसन्तुष्ट, निष्पक्षतामाथि उठे प्रश्न : JCNEPALMEDIA

नगरपालिका जेसिबीमा आगो लागेपछि शहिदनगरको पूर्व मेयर बरबरिया सहितका युवाले माँगे आगलागी र करार कर्मचारीको विवरण : JCNEPALMEDIA